२९ साउन २०७७ काठमाडौं । आकस्मिक विभागका डाक्टर र नर्समा कोरोना संक्रमण भेटिएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको आकस्मिक विभाग सिल गरिएको छ।
आकस्मिक विभागका चार नर्सिङ स्टाफ र दुई जना डाक्टरलाई कोरोना संक्रमण भएको व्यवस्थापन समितिले जनाएको छ । आकस्मिक विभागमा रहेका कर्मचारीको बिहीबार पिसीआर परीक्षण गरिने र अन्यलाई कोरोना भए नभएको यकिन नभएसम्म आकस्मिक विभाग बन्द रहने अस्पतालले जनाएको छ । अस्पतालको ओपिडी र ओटी सेवा सुचारु नै रहने छ।
