९ बैशाख २०७७, नयाँदिल्ली । परीक्षणको पाँच प्रतिशत मात्रै सही रिपोर्ट आएको भन्दै कोरोना संकट चुलिइरहेका बेला भारतको राजस्थान राज्य सरकारले र्यापिड टेस्ट किट प्रयोगमै प्रतिबन्ध लगाएको छ । कोरोना संक्रमित बिरामीको रिपोर्ट पनि नेगेटिभ देखाएपछि राज्य सरकारले प्रतिबन्ध लगाएको हो ।
उत्त किटलाई कोरोना जाँचमा फेल सावित घोषणा गर्दै राज्य सरकारले यस्तो निर्णय लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । र् १२३२ जनाको परीक्षण गरिएकोमा केवल दुईजनामा मात्रै कोरोना पोजेटिभ देखिएको थियो । आरडीटीको नतिजा सही भए नभएको पत्ता लगाउन त्यहाँ पीसीआर परीक्षण पनि गरिएको थियो ।
जसमा रिपोर्ट नेगेटिभ आएको देखायो । यसपछि राज्य सरकारले र्यापिड टेस्ट किटबाट गरिने जाँच नै रोकिदिएको हो। यो किटलाई फिर्ता नै गर्ने निचोडमा राज्य सरकार पुगेको छ । राजस्थान राज्य सरकार र्यापिड टेस्ट किट प्रयोगको अनुमति दिने पहिलो प्रान्त हो । राजस्थानका स्वास्थ्य मन्त्री डा. रघु शर्माका अनुसार र्यापिड टेस्टिङ्ग किटको प्रभाव जान्नका लागि एउटा कमिटी नै बनाइएको छ । एजेन्सी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं, १ जेठ । टर्कीको इस्तानबुलमा हुने भनिएको युक्रेन शान्ति वार्तामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी नहुने भएका छन् । क्रेमलिनले जारी गरेको प्रतिनिधि मण्डलको सूचीमा पुटिनको नाम समावेश...
रियाद, ३१ बैशाख । अमेरिका र साउदी अरबबीच एक खर्ब ४२ अर्ब अमेरिकी डलर बराबरको रक्षा सम्झौता सम्पन्न भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको साउदी अरब भ्रमणका अवसरमा भएको...
एजेन्सी, ३० बैशाख । म्यानमारमा सेना द्वारा सत्तामा रहेको ‘जुन्टा’ को हवाई आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको छ। ज्यान गुमाउने मध्ये २० जना बालबालिका र २ जना शिक्षक...
एजेन्सी, २९ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन र रुसलाई युद्ध अन्त्य गर्न छलफलका लागि बैठक गर्न आह्वान गरेका छन्। उनले सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोशल’ मा लेखेका...