मालवाहक गाडीभित्र लुकेर वीरगञ्ज पुगेका ५२ जना पक्राउ

मालवाहक गाडीभित्र लुकेर वीरगञ्ज पुगेका ५२ जना पक्राउ image

वीरगञ्ज । सामान बोक्ने कन्टेनरभित्र लुकेर वीरगञ्ज पुगेका ५२ जना यात्रुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मंगलबार मध्यराति काठमाडौबाट वीरगञ्ज पुगेका उनीहरुलाई घण्टाघरबाट प्रहरीले पक्राउ गरेको हो । काठमाडौंबाट चितवनको भरतपुर, हेटौंडा हुँदै वीरगञ्ज पुगेका उनीहरुले लकडाउन उल्लंघन गरेका थिए ।

ना ५ ख ९५५२ नम्बरको कन्टेनरमा कन्टेनर चालकलाई भाडा दिएर उनी त्यहाँ पुगेका थिए ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda