७ जेष्ठ २०७७, भक्तपुर । २०७४ बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट विजयी भई २०७४ जेष्ठ ७ गते नगरपालिकामा जनप्रतिनिधिहरु बहाली भएर कार्य गरेको ३ वर्ष पूरा भएको छ । यी तीन वर्ष जनप्रतिनिधिका लागि सहज र निकै चुनौतीपूर्ण रहेका छन् ।
जनप्रतिनिधिले जनताका समस्या बुझ्न सकेनन्, आफै भ्रष्टाचारमा मुछिए, राहतमा हिनामिना भयो भन्दै जनगुनासा पनि निकै सन्न परेकाे अवस्थामा यता भक्तपुर नगरपालिकाले भने जनचाहना अनुसार नै काम गरेर देखाएकाे भक्तपुर नगरवासीले बताएका छन् । ती वर्षकाे अनुभव साटासाट गर्दै नगरका जनप्रतिनिधिले भर्चुअल कार्यक्रमका विच कार्यक्रम सम्पन्न गरेका छन् ।
कार्यक्रममा मेयरद्वारा प्रस्तुत प्रतिवेदन
आदरणीय नगरवासी दिदीबहिनी तथा दाजुभाइहरु,
भक्तपुर नगरपालिकामा यहाँहरुको मतबाट हामी विजयी भएर बहाली भएको आज तीन वर्ष पूरा भयो । २०७४ साल जेठ ७ गते आजकै दिन हामीले यस नगरपालिकामा पदभार सम्हालेका थियौं । पद बहाली भएको दिनलाई हामीले विशेष महत्व दिई विगतका वर्षहरुमा भव्य कार्यक्रमहरुमार्फत हाम्रा कार्यहरुको समीक्षा गर्ने र नगरपालिकाले गरेका कामहरु जनतालाई जानकारी दिने गर्दै आएका थियौं ।
यो वर्ष त्यस्तो कुनै कार्यक्रम गर्न सम्भव भएन । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको कारण २०७६ चैत्र ११ गतेदेखि सारा देश बन्दाबन्दीको अवस्थामा छ । हाम्रो विकास निर्माणका कामहरु केही समय ठप्प भए, आर्थिक गतिविधिहरु सून्य भए । स्थानीय जनताबाटै बिस्तारै विकास निर्माणका कामहरु शुरु हुँदै छन् । हामी एक आपसमा भेट्न, छलफल गर्नसमेत अत्यन्त सचेत हुनुपर्ने अवस्थामा छौं ।
यो जटिल र विषम परिस्थितिमा पनि हामी जनप्रतिनिधिहरु, कर्मचारीहरु नगर र नगरबासीहरुको हितमा निरन्तर खटिरहेका छौं । कारोना संक्रमणको सम्भावनालाई लिएर सरकारले घोषणा गरेको बन्दाबन्दीको अवस्थामा झन् हामीले जिम्मेवारीपूर्वक जनताको सेवा गर्नुपर्छ भन्ने भावनाले सक्रियतापूर्वक लागिरहेका छौं ।
भक्तपुरको विस्का जात्रा, बुद्ध जयन्ती, मातातीर्थ औंसी, स्थानीय जनताले मनाउने गरेको देवाली पुजा जस्तो महत्वपूर्ण चाड पर्व र दिनहरुमा समेत कोही घरबाट ननिस्की आ–आफ्नो घरमै सामान्य औपचारिकतामा सीमित गर्न नगरपालिकाले अनुरोध गर्यो ।
तमाम नगरबासीहरुले हाम्रो अनुरोधलाई स्वीकार गरी जुन साथ र सहयोग गर्नु भयो, त्यसको लागि भक्तपुर नगरपालिकाको तर्फबाट सम्पूर्ण नगरबासी दाजुभाइ तथा दिदी बहिनीहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । हाम्रो स्वास्थ्य भन्दा ठूलो अरु हुन सक्दैन । हामी स्वस्थ भयौं भने मात्रै बिकास निर्माणका कामहरु गर्न सक्छौं ।
यही भवनाले यहाँहरुसँग उपत्यका बाहिरबाट आएका कुनै पनि व्यक्तिलाई स्वास्थ्य परीक्षणविना घरमा नराख्न आग्रह गरिरहेका छौं । मानवता, दया–माया हामी सबैमा छ । तर केही व्यक्तिको कारण सिङ्गो समाजलाई क्षति पुग्नेबारे हामी उतिकै सचेत हुनु जरुरी छ
दिदीबहिनी तथा दाजुभाइहरु,
तर देशको परिस्थिति, कानूनी, आर्थिक र व्यवहारिक कारण हामीले कतिपय विकास निर्माण र कार्यक्रमहरु यो चालू आ.व.मा पूरा गर्न कठिन भएको छ । बन्दाबन्दी खुलेको खण्डमा अभेैm केही योजनाहरु सम्पन्न गर्ने समय हामीसँग छ । नीति तथा कार्यक्रममा उल्लेखित अधिकांश कार्यहरु सम्पन्न भइसकेका छन् भने धेरै विकास निर्माणका कार्यहरु चालू अवस्थामा छन् ।
नगरपालिकाको पाँचौ नगरसभा २०७६ असार ९ गते शुरु भई असार १८ गते सम्पन्न भएको थियो । नगरसभाले आ.व. २०७६/0७७ को लागि रु. २ अर्व १३ करोड १० लाखको बजेट पारित गरेको थियो ।
आन्तरिक आय :
पाँचौ नगरसभाले जग्गा विक्री बाहेक रु. ४२ करोड आन्तरिक आय संकलन गर्ने लक्ष्य राखेकोमा २०७६ बैशाख ३१ गतेसम्म २५ करोड ५८ लाख ४६ हजार रुपैयाँ संकलन भयो । विश्वव्यापी महामारीको रुपमा पैmलिएको कोरोनाको कारण २०७६ चैत्र ११ गतेदेखि देश बन्दाबन्दीमा भएकोले पनि आन्तरिक श्रोतमा निकै कमी आएको हो ।
खर्च :
चालू आ.व. २०७६÷०७७ मा ९९ करोड ८० लाख रुपैयाँ विनियोजन गरिएकोमा २०७७ वैशाख मसान्तसम्ममा ६० करोड ७ लाख ६० हजार मात्र खर्च भएको छ । चालू वर्षमा पूँजीगत तर्फ रु १ अर्व १३ करोड ३० लाख विनियोजन भएकोमा २०७७ वैशाखसम्ममा रु २७ करोड ३७ लाख ९६ हजार खर्च भएको छ । यसरी चालू आ.व.मा जम्मा २ अर्व १३ करोड १० लाख वजेट पारित भएकोमा चालू तथा पूँजीगत गरी जम्मा रु ८७,८१,८७,०००। खर्च भई ४१.२५ प्रतिशत खर्च भएको छ । द्रुत गतिले विकास निर्माणको काम हुने बेला लक डाउन भएकोले हाम्रो बिकास निर्माणमा प्रत्यक्ष असर परेको छ ।
२०७६।७७ मा गरेका केही महत्वपूर्ण गतिविधि :
शिक्षा :
१. भक्तपुर नगरपालिकाद्वारा संचालित कलेज र विद्यालयहरुमा नयाँ नयाँ विषय अध्यापनमा जोड दिदैं आएकोमा यो शैक्षिक वर्षदेखि ख्वप माविमा कक्षा ११ र १२ मा कानुन र चित्रकला विषयको कक्षा सुरु भएको छ ।
२. नगर क्षेत्रभित्र सामुदायिक र निजी गरी जम्मा ९२ वटा विद्यालयहरु संचालनमा रहेकोमा सामुदायिक विद्यालयहरुमा शैक्षिक सुधार ल्याउने उद्देश्यले २ जना विज्ञ शिक्षकहरुमार्फत अनुगमनको व्यवस्था गरी शैक्षिक सुधारका कार्यहरु भइरहेका छन् ।
३. विद्यार्थीहरुलाई स्थानीय कला—संस्कृति, सम्पदा, स्वास्थ्य, खेलकुदलगायतका विषयहरुमा जानकारी दिने उद्देश्यले लागू गरिएको स्थानीय पाठ्यक्रम अझ प्रभावकारी बनाउन यो वर्ष सन्दर्भ सामग्री संग्रह पुस्तक समेत प्रकाशित गरेका छौं । यसले स्थानीय पाठ्यक्रम पढाउने शिक्षकहरुलाई सहयोग पुग्ने हाम्रो विश्वास छ ।
४. आर्थिक अभावमा क्षमतावान् कुनै पनि विद्यार्थी उच्च शिक्षाबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले शैक्षिक प्रमाणपत्र धितो लिई यो वर्ष ९१ जना विद्यार्थीहरुलाई रु. ५ लाखसम्म सहुलियत दरमा ऋण प्रदान गर्न स्वीकृत गरेका छौं ।
५. नगरपालिकाद्वारा सञ्चालित ६ वटा शिशुस्याहार केन्द्रहरुमा कार्यरत १२ जना शिक्षिकाहरुलाई पुनर्ताजगी तालिम दिनुकासाथै शिशु स्याहार केन्द्रहरुमा आवश्यक भौतिक सुधार गरेका छौं ।
६. स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार भक्तपुर नपा वडा नं. २ इन्द्रायणी पीठमा विशेष विद्यालय सञ्चालन गर्ने अनुमति प्रदान गरी विद्यालय संचालनमा आएको छ ।
७. विभिन्न विद्यालयमा कार्यरत इ.सी.डी शिक्षकहरुको न्युन पारिश्रमिकलाई ध्यानमा राखेर नगरपालिकाले यही आर्थिक वर्षदेखि प्रति शिक्षक मासिक रु. ४०००।— का दरले ४२ जना शिक्षकहरुलाई सहयोग गर्दै आएको छ ।
८. सबल सामुदायिक विद्यालयले दुर्बल विद्यालयलाई संरक्षण प्रदान गर्ने नीति अनुसार बागीश्वरी माविलाई भनपा १० स्थित व्रम्हचारिणी आधारभूत विद्यालयको संरक्षण गर्ने जिम्मेवारी प्रदान गरेको छ । यसअघि बागीश्वरी माविलाई संरक्षणको जिम्मेवारी तोकिएको सिद्धि शारदा आधारभूत विद्यालयमा विद्यार्थी संख्या क्रमशः बृद्धि हुन थालेपछि भवनको अभाव देखिन आएको हुनाले आवश्यक भवन निर्माणको लागि भनपा वडा नं. ८ लिवालीमा ०—४—० जग्गा भोगाधिकार प्रदान गरियो । बागीश्वरी माविलाई यो वर्ष बागमती प्रदेशले भक्तपुर जिल्लाकै नमुना विद्यालय घोषणा गरेको छ ।
९.नेपाल सरकारले २०७६ चैत्र ११ गतेदेखि देशभर बन्दाबन्दीको घोषणा गरेको कारणबाट एसईईको परीक्षा दिन तयारी अबस्थामा रहेका विद्यार्थीहरुलाई ध्यानमा राखेर २०७७ वैशाख ३ गतेदेखि जेठ ५ गतेसम्म अनिवार्य बिषयहरुको कक्षा सञ्चालन गरियो । त्यसबाट देशका विभिन्न क्षेत्रमा रहेका हजारौं विद्यार्थीहरुलाई फाइदा पुगेको छ ।
१०. विद्यालय पढ्ने बच्चाहरुको मानसिक विकास र प्रतिभा प्रस्फुटनको अवसर प्रदान गर्न समय समयमा विद्यालयस्तरीय चित्रकला, वादविवाद प्रतियोगितालगायत विभिन्न अतिरिक्त कृयाकलापहरु सञ्चालन गर्दै आएका छौं ।
स्वास्थ्य :
११. भक्तपुर नपाले च्याम्हासिंह, भगवतीस्थान र ब्यासी गरी ३ ठाउँमा जनस्वास्थ्य केन्द्रहरु सञ्चालन गरी आकस्मिक सेवासहित नाक, कान, घाँटी, बालरोग, दन्तरोग, हाडजोर्नी, स्त्रीरोग लगायतका रोगहरुको बिशेषज्ञ सेवा प्रदान गर्दै आएकोमा भक्तपुर नपा वडा नं. ९ स्थित च्याम्हासिंहमा ७२ करोड रुपैयाँ लागतमा ख्वप अस्पताल भवन निर्माण सुरु भएको छ ।
१२. घरदैलो नर्सिङसँगै विद्यालयहरुमा चिकित्सक र नर्सहरुमार्फत स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएका छौं ।
१३. शारीरिक र बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षणमा पनि नगरपालिकाले ध्यान दिँदै आएको छ ।
१४. कडा रोगहरु क्यान्सर, मृगौला, मुटु र मस्तिष्कघात भएका नगरबासीहरुलाई प्रतिव्यक्ति रु. १०,०००।— का दरले आर्थिक सहयोग गर्ने नीति अनुसार यस आर्थिक वर्ष १५० जनालाई नगरपालिकाले रु. १५ लाख आर्थिक सहयोग प्रदान गर्यो ।
१५. भक्तपुर नगरपालिकामा सञ्चालित जिल्ला सामुदायिक आँखा केन्द्रबाट यो वर्ष ३८७ जनाको मोतिबिन्दुको शल्यक्रिया भयो भने २०,३०४ जना सामान्य आँखाका बिरामीहरुको परिक्षण भएको छ ।
१६. आयुर्वेदिक स्वास्थ्य सेवाबाट बढीभन्दा बढी जनताले फाइदा लिन सकून् भनी वडा वडामा आयुर्वेदिक स्वास्थ्य सेवा विस्तार गरिंदै लगेको छ । बैकल्पिक चिकित्साको रुपमा जनताबीच यसको प्रभावकारिता बढ्दै गएको छ ।
सम्पदा र संस्कृति संरक्षण :
१८. हाम्रो कला र संस्कृति संरक्षणमा यहाँका सँस्कृतिकर्मीहरुको योगदानलाई सम्मान गर्दै प्रत्येक वडाबाट दुई जनाका दरले कला—संस्कृति संरक्षणमा अग्रणी भूमिका खेल्नुभएका २० जना सांस्कृतिक अगुवाहरुलाई नगरपालिकाले मिति २०७६ कार्तिक ११ गते प्रतिव्यक्ति रु. २० हजार नगदसहित सम्मान ग¥यो । यस्ता कार्यक्रमहरुले नयाँ पुस्तामा पनि कला संस्कृति संरक्षणमा प्रेरणा मिल्ने हाम्रो विश्वास छ ।
१९.साँस्कृतिक कार्यक्रमको माध्यमबाट समाजमा रुपान्तरण ल्याउने उद्देश्यले गाईजात्रामा प्रस्तुत भएका साँस्कृतिक विधाहरुलाई परम्परागत र आधुनिक विधाको अलग अलग मूल्यांकन गरी प्रतियोगितात्क रुपमा सम्पन्न गरियो ।
२०. हरेक वर्ष एउटा सांस्कृतिक विधाको नगरस्तरीय प्रतियोगिता गर्ने नीति अनुसार २०७६ साल माघ २५ र २६ गते भक्तपुर जिल्लाव्यापी धिमेबाजा प्रतियोगिता सम्पन्न भयो । प्रतियोगितामा कुल ७७ समूहले भाग लिएका थिए ।
२१.स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम छैटौं नगरसभाले पूर्व, पश्चिम, उत्तर, दक्षिण चारकिल्ला तोकी नगरको पुरानो क्षेत्रलाईे सांस्कृतिक क्षेत्र घोषणा गरेको छ । नगरपालिकाको कला संस्कृति संरक्षण ऐन अनुसार भक्तपुरको पुरानो क्षेत्र (जो सम्पदा बस्तीको रुपमा अवस्थित छ) मा स्थानीय जनताबाहेक अन्य नागरिकहरुले घरग्गा खरिद गर्न नपाउने व्यवस्था छ ।
विकास निर्माण :
२२. आर्थिक वर्ष २०७६÷७७ मा प्रसिद्ध भैरवनाथको मन्दिरको जीर्णोद्धार सम्पन्न भयो । कुल लागत इस्टिमेट १ करोड ४६ लाख ३६ हजार रुपैयाँ भएकोमा जनताबाट आर्थिक सहयोग रु. ५ लाख १७ हजार प्राप्त गरी जम्मा ५६ लाख ३९ हजार रुपैयाँमा उक्त जीर्णोद्धार कार्य सम्पन्न भएको हो । २०७२ सालको भूकम्पले क्षति पुर्याएकोे टौमढीस्थित विश्व प्रसिद्ध ङातापोल मन्दिरको जीर्णोद्धार कार्य कूल ६५ लाख १३ हजारमा जिर्णोद्धार शुरु गरिएकोमा स्थानीय जनतको जनश्रमदान र आर्थिक सहयोग निरन्तर प्राप्त भइरहेको छ ।
२३. भक्तपुर नपा वडा नं. ३ दरवार क्षेत्रस्थित बत्सला मन्दिर २०७२ सालको भूकम्पले पूर्ण क्षति भएकोमा उक्त मन्दिर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । स्वदेशी र विदेशीबाट हालसम्ममा ६ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग संकलन भइसकेको जानकारी गराउन चाहन्छौं । भक्तपुर नपा वडा नं. १ स्थित रानीपोखरी र भाज्या पोखरी जीर्णोद्धारको काम भइरहेको छ ।
सिद्धपोखरीको उत्तरतिरको खेल मैदान नेपाली सेनासँग समन्वय गरी तारजाली लगाई सर्वसाधारण जनताको लागि खुला गरी नगरपालिका र विभिन्न संस्थाहरुबाट उक्त खेल मैदान नियमित रुपमा प्रयोग गर्दै आएका छन् ।
ब्रम्हायणीस्थित ख्वप बहुउद्देश्यीय भवन, वडा नं. ९ च्याम्हासिंहमा रहेको नगर प्रवेशद्वार पुनः निर्माण, वडा नं ७ स्थित भेलुखेलको सार्वजनिक गय् भिंद्यो पुल निर्माण, वडा नं. २ मा बालउद्यान निर्माण, वडा नं. ९ तुमचोस्थित श्वासप्रश्वास पुनः स्थापना केन्द्र भवन निर्माणलगायत कार्य पनि सम्पन्न भएको छ ।
‘एक सहर एक पहिचान’ अन्तर्गत भक्तपुर नगरको मुल सडक च्याम्हासिंहदेखि भार्वाचोसम्म ढुँगा छाप्ने कार्य, वडा नं७ स्थित छिपा ताँ निर्माणको काम भइरहेको छ । ब्रम्हायणी पीठ, हनुमानघाटको गुरुयोजना बनाई कार्य अगाडि बढाइएको छ भने माहेश्वरी, महाकाली, बाराही पीठको गुरुयोजना निर्माणको क्रममा रहेको छ । नगरका मूल सडकहरुमा सडक बत्ती राख्ने काम पनि आ.व. २०७६÷७७ मा सम्पन्न हुने गरी अगाडि बढाइएको छ ।
खेलकुद :
२४. भक्तपुर नगरपालिकाले फुटबल, भलिबल, कराँते, बक्सिङ, कबड्डी, टेबुलटेनिस, जिम्नेस्टिकलगायत ६ वटा खेलहरुको नियमित प्रशिक्षण गर्दै आएकोमा यो आर्थिक वर्षदेखि २ जना खेलकुद प्रशिक्षकहरुलाई पूर्णकालीन नियुक्ति गरी खेल प्रशिक्षणलाई अझ बढी प्रभावकारी र जिम्मेवार बनाउँदै लाने प्रयास गरेको छ ।
२५. मिति २०७६ साल फागुन ८ गते देखि १२ गतेसम्म अन्तरनगर एथ्लेटिक्स प्रतियोगिता सम्पन्न गरियो । प्रतियोगितामा विभिन्न १६ वटा नगरपालिकाहरुले भाग लिएका थिए । त्यसैगरी मिति २०७६ कार्तिक १७ गतेदेखि २४ गतेसम्म अन्तर विद्यालय खेलकुद प्रतियोगिता सम्पन्न भयो । प्रतियोगितामा नगरका कूल ९२ वटा विद्यालयहरुमध्ये ७२ वटा विद्यालयका २१०० खेलाडीहरुको सहभागिता थियो ।
२६. महिलाविरुद्ध समाजमा देखापरेका हिंसात्मक घटनाबाट महिलाहरुलाई सुरक्षित हुन नगरपालिकाले नगरका वडा नं १, ३, ६ र ७ मा गरी ४ वटा वडामा ७० जनाका दरले २८० जना छात्राहरुलाई आत्मरक्षाको तालिम दिइसकेको छ भने ३८ जना प्रशिक्षकहरु तयार गरिसकेकोछ ।
२७. मानसिक र शारीरिक स्वास्थ्यको सबै वडाहरुमा गरी १४ स्थानमा खुला व्यायामशालाहरु निर्माण भइसकेका छन् । यसले साना बालबालिकादेखि जेष्ठ नागरिकसम्मले व्यायामको अवसर पाइरहेकाछन् । आवश्यकता अनुसार खुला व्यायामशालाहरु थपिंदै लगिने छ ।
बजार अनुगमनः
२८. उपभोक्ताहरुको स्वास्थ्यलाई ध्यानमा राखेर बजार अनुगमन कार्यलाई जोड दिइएको छ । अनुगमनको क्रममा म्याद नाघेको, कम तौलको, मिसावतयुक्त सामान, कुहिएको वा स्वास्थ्यलाई हानी नोक्सानी हुने पाइएको अवस्थामा त्यस्तालाई कार्वाही गंर्दै आएका छौं ।
कृषि :
२९. कृषि उत्पादन वृद्धि गर्न स्थानीय कृषकहरुलाई कृषि विशेषज्ञहरुबाट ५ महिने कृषि तालिम, कौसी खेतीको तालिम, माटो परीक्षण, किटनाशक औषधी प्रयोग, च्याउखेतीलगायत विभिन्न तालिमहरु दियौं भने किसानहरुलाई प्रति परिवार २१÷२ के.जी. दरले उन्नत जातको धानको वीउ निःशुल्क वितरण गर्यौ ।
पर्यटन :
३०. भक्तपुर साँस्कृतिक र पर्यटकीय नगरको मुल सडक भार्वाचोदेखि च्याम्हासिहसम्म १० वटा शौचालयहरु तयार भएका छन् । तीमध्ये भक्तपुर वडा नं. १ मा २ वटा र वडा नं. ३, ५ र ९ मा एक एक वटागरी जम्मा ५ वटा मौलिक शैलीका नयाँ सूचना केन्द्र र शौचालयहरु यो वर्ष निर्माण सम्पन्न गरी प्रयोगमा ल्याइएको छ ।
३१. महानगरीय प्रहरीसँग समन्वय गरी नगरका प्रमुख ठाउँहरुमा सीसी क्यामेरा जडान गरी अपराध नियन्त्रणको प्रयाश भइरहेको छ । त्यसको नियन्त्रण कक्ष भक्तपुर नगरपालिका र महानगरीय प्रहरी परिसरमा रहेका छन् ।
३२. मुख्य पर्यटकीय क्षेत्र दरवार क्षेत्र र दत्तात्रय क्षेत्रमा हरियाली प्रबद्र्धन गर्न विभिन्न जातका फूलहरुसहितको गमलाहरु राख्ने क्रम शुरु गरेका छौं ।
३३. नगरपालिकाको हरेक गतिविधिबारे जनतालाई सुसूचित गराउन नियमित मासिक प्रकाशन ‘भक्तपुर’, नेपाल भाषाको पाक्षिक प्रकाशन ‘ख्वप पौ’, भक्तपुर खबर अनलाइन, फेसबुकलगायत सामाजिक सञ्जालहरुमार्फत सार्वजनिक गर्दै आएका छौं ।
युवालक्षित तालिमहरू :
३४. नगरबासी युवाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले काष्ठकला, चिनियाँ र जापानी भाषा, नेपालभाषा लिपी, रेडियो र टेलिभिजन प्रस्तोता, फोटोग्राफी तालिमलगायत विभिन्न सीपमुलक तालिमहरु नियमित रुपमा संचालन गर्दै आएको छ ।
मौलिक शैलीमा घर बनाउनेलाई सहयोगः
३५. भक्तपुर नगरको मौलिक शैलीमा घर बनाउने धनीहरुलाई नगरपालिकाले घरको मोहडामा लाग्ने इँटा, झिगटी र काठमा लाग्ने खर्चको ३५ प्रतिशत अनुदानलाई निरन्तरता दिंदै आएको छ ।
३६. नगरभित्र सडकको दायाँ बायाँ रुखहरु रोपेर हरियाली प्रबद्र्धन गर्दै भक्तपुर नगर सुन्दर सफा नगर बनाउने प्रयासलाई जारी राखेका छौं । नगरका मुख्य सडकहरुमा सडक बतीको व्यवस्थाको लागि कार्य अगाडि बढाइएको छ ।
आवास योजना :
३७. भक्तपुर नपा वडा नं. ९ स्थित तुमचो दुगुरे आवास योजनाको काम अन्तिम चरणमा पुगेको छ भने वडा नं. २, ३ र ६ स्थित देको मिवा इटापाके आवास योजनाको काम अघि बढिरहेको छ । जग्गावालाहरुको कम योगदानमा राम्रो र व्यवस्थित आवास योजना बनाउने सोचले त्यो आयोजनालाई अगाडि बढाइरहेका छौं ।
३८. भक्तपुर नपा वडा नं. २ व्यासीस्थित भक्तपुर औद्योगिक क्षेत्रलाई स्थानीय साधन र सीपको प्रयोग गरी हस्तकला औद्योगिक क्षेत्रको रुपमा विकास गर्ने प्रयास भइरहेको छ । भक्तपुर नगरपालिकाको छैटौं नगरसभाले भक्तपुर औद्योगिक क्षेत्रलाई स्थानान्तरण गर्ने निर्णयसमेत गरेर प्रक्रिया अगाडि बढाइसकेको छ ।
खानेपानी :
३९. जनसंख्या वृद्धिसँगै खानेपानी समस्या अझ विकराल बन्नसक्ने सम्भावनालाई ध्यानमा राखी केयुकेएलसँग समन्वय गरी भक्तपुरका विभिन्न ठाउँमा डीप बोरिङ सुरु गरेका छौं । भक्तपुर नपा वडा नं. २ सल्लाघारी बोरिङबाट दैनिक ३ लाख लिटर पानी वितरण सुरु भएको छ भने भनपा वडा नं. ८ लिबालीको बोरिङबाट दैनिक पानी वितरण हुँदै आएको छ ।
भक्तपुर नपा ७, भनपा ९ मा पनि बोरिङ कार्य भइरहेका छन् । त्यसैगरी भनपा–७ जगातीबाट पानी वितरण सुरु गर्न पाइप बिछ्याउने काम भइरहेको छ । मेलम्ची खानेपानी योजनाबाट उपत्यकामा पानी आउने बित्तिकै पहिलो चरणमै भक्तपुर ल्याउने प्रयास भइरहेको छ ।
क्यान्सर अस्पताल
४०. भक्तपुर क्यान्सर अस्पतालमा आर्थिक अनियमितता व्यापक भएको जनगुनासो र अस्पतालका चिकित्सक, नर्स र अन्य कर्मचारीहरुले त्यहाँको व्यवस्थापन हेर्न आग्रह गरेको हुँदा मिति २०७६ साउन ३० गते बसेको कार्यपालिका बैठकले नगर प्रमुखको अध्यक्षतामा नयाँ व्यवस्थापन समिति गठन गरी अघि बढेकोमा पुरानो व्यवस्थापन समितिका पदाधिकारीहरुले सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेको कारण अदालतबाट अन्तरिम आदेश जारी भएकोले हाल मुद्दा विचाराधीन अवस्थामा छ ।
भूकम्प पीडितलाई सहयोग :
४१. अधिकाँश भूकम्प पीडितहरुले अझै सरकारले प्रदान गरेको अनुदान पाउन सकेका छैनन् । बहुस्वामित्वको घर, जग्गाधनी प्रमाण पूर्जा नहुनु, मोहियानी हक, गुठी जग्गामा बनाइएका घरको कारण सरकारबाट प्रदान गरिने रकम पीडितले पाउन नसकेको हुँदा भूकम्प पीडितलाई दिने रकम बढाउनुपर्ने, एकमुस्त रकम दिनुपर्ने र म्याद बढाउनुपर्ने समेतमा भक्तपुर नगरपालिकाले जोड दिंदै आएको छ ।
४२. भक्तपुर नपा वडा नं.१ स्थित सिद्धपोखरीमा २०७६ पौष १६ गतेदेखि नौका बिहार सुरु भएको छ । भक्तपुरका अन्य पोखरीहरुमा पनि नौका बिहार र माछा पालन सुरु गर्न सकेको खण्डमा नगरपालिकाको आयमा थप वैकल्पिक स्रोत बन्न हुँदा यसबारे छलफललाई अगाडि बढाएका छौं ।
विपद् व्यवस्थापन तालिमः
४३. नेपाली सेनासित समन्वय गरी नगरभित्रका युवाहरुलाई ३ समूहमा गरी १२२ जनालाई विपद् व्यवस्थापन तालिम दिइसकेका छौं । भूकम्प, बाढी, आगजनी लगायतमा आवश्यक परेको बेला सहयोग गर्न ती तालिम प्राप्त युवाहरु तयारी अवस्थामा छन् ।
अन्त्यमा, देशभर लकडाउनको अवस्थामा पनि नपाका १६० जना सफाइ मजदुरहरु, जनस्वास्थ्य केन्दका चिकित्सक, नर्स तथा कर्मचारीहरु, नगरपालिका र वडा समितिका कर्मचारीहरुले यसतो बिषम परिस्गितिमा समेत जनताको सेवा गरिरहनु भएको छ ।
लक डाउन अवधिमा जनताको सेवामा खट्नु भएका सम्पूर्ण कर्मचारी साथीहरु र भच्र्युअल कक्षा संचालनमा सहयोग गर्ने शिक्षक, शिक्षिका मित्रहरु, नगर शिक्षा समितिका साथीहरु, सहजकर्ताको भूमिका खेल्नुहुने तमाम साथीहरुको निस्वार्थ रुपले जनताको सेवा गर्ने भावनाले काम गर्नुभएका टोल टोलका स्वयं सेवकहरु सबैको योगदानलाई उच्च सम्मान गर्दै भक्तपुर नगरपालिकाको तर्पmबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।
नेपाल सरकारले लकडाउनको अवधिलाई बिदा घोषणा गरे पनि नगर सफाइमा निरन्तर खटिरहनु भएका सफाइ कर्मचारीहरु, जन स्वास्थ्य केन्द्रमा कार्यरत चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीहरुलाई मासिक तलबलाई दैनिक हिसाब गरी हाजिर भएको दिनको ७५ प्रतिशत र नगरपालिकाका कर्मचारीहरु, वडा समिति, जन स्वास्थ्य, शिक्षा शाखामा कार्यरत सबै कर्मचारीहरुलाई हाजिर भएको दिनको ५० प्रतिशत प्रोत्साहन भत्ता दिने व्यवस्था गरेका छौं ।
साथै यो बिषम अबस्थामा काम गर्ने जन प्रतिनिधिहरु, सबै कर्मचारीहरुको एक वर्षको जीवन विमा गर्ने व्यवस्था गर्नेछौं । साथै नरपालिकाले आव्हान गरेको हरेक काममा साथ र सहयोग गर्ने, रचनात्मक आलोचना गरी नगरपालिकाका पदाधिकारीहरुलाई सही बाटोमा अगाडि बढाउन सहयोग गर्ने सम्पूर्ण नगरबासी, दाजुभाइहरुमा पनि धन्यवाद ज्ञापन गर्दछौं ।
आगामी दिनहरुमा पनि तपाईहरुको राय, सुझाव र सल्लाह बमोजिम भक्तपुर नगरपालिकालाई देशकै सफा, सुन्दर नगर र पर्यटकीय नगर बनाउन निरन्तर कतिबद्ध भएर लाग्ने बचनबद्धता प्रकट गर्दछौं ।
धन्यवाद ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौँ । सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीबार हालसम्मकै उच्च मूल्यमा पुगेर प्रतितोला एक लाख ९० हजार छ सयमा कारोबार भएको सुन आज तोलामा आठ सय घटेको...
काठमाडौँ, २९ चैत । सार्वजनिक खरिदसम्बन्धी ऐनलाई सङ्घीय संरचनाअनुरुप समयानुकूल बनाइनुपर्नेमा सांसदहरूले जोड दिएका छन् ।राष्ट्रियसभा अन्तगर्तको सार्वजनिक नीति तथा विधायन समितिको आज सिंहदरबारमा भएको बैठकमा समिति सदस्यहरूले सार्वजनिक...
काठमाडौँ , २९ चैत। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मुलुकलाई सडक बालबालिका मुक्त बनाउने अभियानमा सरकार लागिरहेको बताएका छन् ।अन्तरराष्ट्रिय सडक बालबालिका दिवसको सन्दर्भमा साथसाथ नामक...
बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले प्रदेशले यथाशीघ्र विद्युतीय माध्यमबाट राजस्व भुक्तानीको व्यवस्था गर्ने बताएका छन्।यातायात व्यवस्था कार्यालय हेटौँडाको आज निरीक्षण गर्दै उनले सेवाग्राहीले बैंकमा लाइन...