रण बहादुरका पाँच कविता

रण बहादुरका पाँच कविता image

१. आतङ्कवादी

तिमी फगत दास हौ
अधिकार नमाग्नू
केवल दायित्व निर्वाह गर्नू !

अन्यथा,
सत्ताधर्म नमानेको अभियोगमा
आतङ्कवादी घोषणा हुनेछौ
राष्ट्रिय अधिपतिहरूबाट ।

२. सुरुवात

डढ्छ, लुछिन्छ
काटिन्छ र कुल्चिन्छ घरीघरी
र पनि पलाउँछ, जाग्छ
र हाँस्छ पालुवा
र त
फेरि त्यहीँबाट सुरुवात हुन्छ
एउटा नयाँ जिन्दगी !

३. जित

जल्ने जलाउने
रुने रुवाउने
हाँस्ने हँसाउने
या यस्तै अनेकन
खेलहरू खेलिनेछन् प्रेममा !

खेल,
जोसुकैले जस्तोसुकै खेलोस्
हार त दुबैको निश्चित छ ।

४. बाटो र यात्री

तिम्रा दु:खले
तय गरेको यात्रालाई
पदचापहरूले बाटो पछ्याउँदै
सार्थक बनाइदिन्छन् !

भुइँछापहरू नमेटिँदासम्म
बिनासित्ति पीडा भोगिरन्छन्
बिचरा बाटोहरू ।

५. अन्तिम न्याय

न्यायले अन्याय गरिरहेपनि
न्यायले अन्यायसँग
अन्तिम न्यायको याचना गर्‍यो !

मलाई,
शिक्षण अस्पतालको बाकसबाट निकालेर
आर्यघाटको चिता माथी चढाइयोस् !
फेरि तिमीलाई
म जस्ता नन्द प्रसादहरूलाई
राख्ने ठाउँ पनि त खाली गर्नुछ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • हावाहुरीका कारण झापामा एक जनाको ज्यान गयो image

    हावाहुरीका कारण झापामा एक जनाको ज्यान गयो

    झापा, १५ बैशाख । झापाको हल्दीबारी गाउँपालिका-५ त्रिवेणी चोकमा गएको राति आएको हावाहुरीले टिनको छाना भएको घर भत्किँदा ६५ वर्षीय मानबहादुर मगरको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय झापाका...

  • मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै image

    मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै

    मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका थाकका पाँच गाउँ जोड्ने रिङरोडको ठिनी खोलामा धमाधम मोटरेबल पुल निर्माण भइरहेको छ । गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास...

  • किरियापुत्री भवन निर्माणका लागि गठ्ठाघरमा श्रीमद्भागवत महायज्ञ हुने image

    किरियापुत्री भवन निर्माणका लागि गठ्ठाघरमा श्रीमद्भागवत महायज्ञ हुने

    भक्तपुर, १ जेठ । भक्तपुरको गठ्ठाघरमा अधुरो रहेको किरियापुत्री भवन निर्माण सम्पन्न गर्न आगामी जेठ ४ गतेदेखि श्रीमद्भागवत महायज्ञ हुने भएको छ। सनातन पितृमुक्ति समाज गठ्ठाघरको आयोजनामा हुने महायज्ञबाट...

  • ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए image

    ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए

    म्याग्दी, १ जेठ । विगत तीन दशकयता यहाँको ऐतिहासिकस्थल ज्यामरुककोट क्षेत्रका दुई दर्जनभन्दा बढी कुवा र पँधेराहरु नासिएका छन् । तत्कालीन पर्वत राज्यअन्तर्गतको शक्तिशाली ज्यामरुककोटमा १७औँ शताब्दीमा ज्यामरुके राजा...


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.