७ जेठ २०७७, काठमाडौं । भारतमा कोरोना महामारी कावुभन्दा बाहिर जान थालेको समाचार बाहिरिएका छन् । महामारी सम्हाल्नै नसक्ने स्थितिमा पुगेको भारतीय संचारमाध्यमले जनाएका छन् । भारतमा अहिलेसम्म एक लाख ६ हजार ७५० जना संक्रमित भेटिएका छन् । संक्रमित संख्याका हिसाबले भारत विश्वको ११औं स्थानमा छ । त्यहाँ तीन हजार ३०३ जनाको ज्यान गइसकेको छ ।
लकडाउनका कारण भारतमा करोडौं मजदुरहरु भोकै रहेको र सडकमा दैनिक हजारौं मानिसको विचल्ली भएका दृष्यहरुदेखिइन थालेका छन् । कोरोना संक्रमण जोखिमकै बीच भारत सरकारले ठूला शहरबाट उनीहरुलाई बस ट्रक र ट्याक्टरमार्फत घर पठाउने निर्णय गरेको छ ।
भारतमा कोरोना भाइरस संक्रमण निकै तिब्रगतिमा बढिरहेको बीबीसीले जनाएको छ । मार्च महिनादेखि नै लकडाउन गरिएको भारतमा मजदुरहरुलाई पैदल जानबाट रोक्न त्यहाँको गृह मन्त्रालयले रेल चलाउने निर्णय गरेको छ।

