भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

राजीनामा विवाद मत्थर पार्न नेकपा स्थायी कमिटी बैठक बस्दै

राजीनामा विवाद मत्थर पार्न नेकपा स्थायी कमिटी बैठक बस्दै

४ साउन २०७७ काठमाडौं । सहमति जुट्न नसकि पटक–पटक स्थगित हुँदै आएको नेकपाको स्थायी कमिटी बैठक आज पुन बस्न लागेको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दुबै पद छाड्न दवाब दिएका माधव प्रचण्ड पक्षको भनाईलाई वास्ता नगरेपछि बैठक आज ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

असार १० गते सुरु भएको स्थायी कमिटी बैठकमा अधिकांश सदस्यहरुले ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग राखेपछि फुटको संघारमा पुगेको नेकपा तत्कालका लागि विवादलाई मत्थर पार्ने कोसिसमा छ । ओलीले २०७७ चैतमा गर्ने भनिएको महाधिवेशन आगामी मंसिरमै गर्ने प्रस्ताव अघि सारेर प्रचण्ड पक्षलाई मथ्थर पार्ने दाउ अगाडि सारेका छन् ।

 


Thali Mobile Pvt.Ltd.