भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

साइकल चोरे रै घर बनाए पछि….

साइकल चोरे रै घर बनाए पछि….

२०७७/श्रावण/०४, काठमाडौँ । सर्लाही घर भएका सुरेश माझी अहिले महानगरीय प्रहरी वृत नयाँ बानश्वरको हिरासतमा रहेका छन् । अहिले बानेश्वर प्रहरी वृतको पार्किङ स्थलमा महँगा साइकल देख्न सकिन्छन् । ती साईकलबीच सुरेको खास सम्बन्ध छ । ती साइकल सुरेशले चोरेर जम्मा गरेका हुन् ।

सर्लाहीको हरिवन नगरपालिका–५ घर भएका सुरेशको चोरी गर्ने तरिका असामान्य प्रकृतिको छ । चत्रै ११ बाट लकडाउन शुरु भएपछि काठमाडौँ र भक्तपुरमा साइकल चोरीका घटना ह्वात्तै बढे । अपराध महाशाखाको चोरी नियन्त्रण गर्ने शाखाका अनुसन्धान अधिकारी चोर पत्ता लगाउन लागि परे । चोरी भएका ठाउँका सिसीटिभी फुटेज जम्मा पारेर विश्लेषण गरे ।

सिसीटिभी फुटेजका आधारमा हुलिया पहिचान गरेर महाशाखाबाट खटिएको टोलीले थापागाउँबाट सुरेशलाई पक्राउ गर्यो । चोरीको साइकलमा घुमिरहेको बेला उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । ‘लामो अनुसन्धानपछि साइकल चोरीमा संलग्न सुरेशलाई पक्राउ गरेका छौँ,’ महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्कीले भने, ‘आरोपीले महँगो मूल्यका साइकल चोरेर वर्कशपमा बेच्ने गरेको अनुसन्धानबाट खुलेको छ ।’

उमेरले ४४ बर्षका सुरेश भक्तपुरको च्याम्हासिंहमा रहेको उनको घरको तेस्रो तल्ला धमाधम फिनिसिङ काम हुँदै छ । लामो समयदेखि काठमाडौँ उपत्यकामा साइकल चोरेरै उने घर बनाएको प्रहरीको भनाइ रहेको छ ।

लामो समयदेखि चोरीमा संलग्न उनले आफ्नो घर देखाउन निकै आनाकानी गरे । तर, प्रहरी दबाबको सामु उनको केही लागेन । जब उनले आफ्नो घर देखाए, अनुसन्धानमा संलग्न प्रहरी नै छक्क परे ।

 


Thali Mobile Pvt.Ltd.