१७ जेष्ठ २०७७, जाजरकाेट । कथित उच्च जातीय अहंकार र विभेद प्रदर्शन गरी रुकुममा भएको हत्याकाण्डप्रति खेद प्रकट गर्दै दोषीमाथि सरकारले कारबाही नगरे आफ्नो पार्टीले कडा कारबाही गर्ने नेपाल कम्युनिस्ट पार्टी जाजरकोटले जनाएको छ ।
जिल्ला सेक्रेटरी राजकुमार राईले विज्ञप्ति जारी गर्दै उक्त हत्याकाण्डमा संलग्न योजनाकारलगायत सबैलाई छानबिन गरी कानुनी कारबाही नगरेमा र पीडित ६ जनाका आफन्तलाई उचित न्याय नदिएमा घटनामा संलग्नलाई कारबाही गर्ने धारणा सार्वजनिक गरेका हुन् ।
‘२०७७ साल जेठ १० गते रुकुमपश्चिम चौरजहारी नपा वडा नं. ८ मा भएको निर्मम हत्याको घटनाप्रति हाम्रो पार्टी नेकपा जाजरकोटको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तीमा भनिएको छ । जाजरकोट जिल्ला भेनपा वडा नं. ४ बस्ने मोहन विकका छोरा नवराज विक र रुकुमपश्चिम चौरजहारी नपा वडा नं. ८ सोती बस्ने वीरबहादुर मल्लकी छोरी सुष्मा मल्लबीच लामो समयसम्म प्रेमसम्बन्ध रहँदै आएको, अन्ततः वैवाहिक जीवनमा बाँधिने समय आउँदै गर्दा केटी पक्षले र सम्बन्धित वडाका सत्ता प्रतिनिधिले समेत जातीय भेदभाव र छुवाछूत चिन्तनका कारण उक्त घटना सोही पक्षबाटै गराइएको पुष्टि हुन्छ ।’ विज्ञप्तीमा भनिएकाे छ ।
विज्ञप्तिमा राईले भनेका छन्, ‘नेपालमा राजतन्त्रात्मक सामन्ती व्यवस्थाको अन्त्य भई सङ्घीय गणतन्त्र नेपालको स्थापना भइसक्दा पनि जातीय भेदभाव र छुवाछूतको कुसंस्कारले जरा गाड्दै जानुले वर्तमान राज्यव्यवस्थाप्रति गम्भीर प्रश्नचिह्न खडा भएको छ ।’
विज्ञप्ति…
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैतडी, ९ जेठ । बैतडी जिल्लाको खलङ्गा क्षेत्रलाई केन्द्रबिन्दु बनाएर शुक्रबार बिहान दुईपटक भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पहिलो भूकम्प बिहान...
काठमाडौँ, ९ जेठ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले समाजमा अहिले व्याप्त रहेको नकारात्मक सोच र विचारले समाज र देश नबन्ने बताएकी छिन् । नेपाली जनसम्पर्क समिति जापानद्वारा टोकियोमा...
भक्तपुर, जेष्ठ । सूर्यविनायक नगरपालिका वडा नं ७ मा पुष्पखेती प्रवर्द्धन कार्यक्रम अन्तर्गत सयपत्री फूलको बेर्ना वितरण कार्यक्रम सम्पन्न भएको छ। आ.व. २०८१/०८२ मा स्वीकृत योजनाअन्तर्गत सञ्चालन भएको कार्यक्रम...
भक्तपुर, ८ जेष्ठ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर नगरपालिकाद्वारा निर्माणाधीन अरनिको सभाभवन, थन्थु दरबार, र हाडा छेँ पुनःनिर्माण स्थलहरूको स्थलगत निरीक्षण...