भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढी प्रभावितको घर सफाइमा जुट्यो कोरियाली स्वयंसेवी टोली | ‘कानुनभन्दा माथि कोही छैन, प्रमाणबिना चिकित्सक र मेडिकल कलेजलाई आरोप लगाउन पाइँदैन’ | पाठ्यपुस्तक छपाइ सुरु, २०८४ मा पनि पुरानै पाठ्यक्रम लागू हुने | ४८७ किलो गाँजा तस्करीका मुख्य आरोपीलाई सरकारी वकिलबाट उन्मुक्ति | बेलायतमा कोभिडको नयाँ भेरियन्ट फैलिँदा अस्पताल भर्ना हुनेको सङ्ख्या बढ्यो | कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने | त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य, व्यवस्था नगरे केन्द्र परिवर्तन हुने | इरानसँग सम्झौता वा सैन्य कारबाही, दुवै विकल्प खुला राखेका ट्रम्प |

नेपालमा संक्रमितको संख्या १४ सय नाघ्यो, थप १८९ कोरोना संक्रमण (भिडियाे)

नेपालमा संक्रमितको संख्या १४ सय नाघ्यो, थप १८९ कोरोना संक्रमण (भिडियाे)

१७ जेठ २०७७, काठमाडौं । नेपालमा थप १८९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १८९ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार पछिल्लो २४ घन्टामा २५७५ जनाकफ पिसिआर परीक्षण गरिएको थियो। ती परीक्षणका क्रममा देशका विभिन्न जिल्लामा नयाँ संक्रमित थपिएका हुन् ।

भिडियाे…

https://www.facebook.com/Kailashkhabarnews/videos/541727173188216/

आज थपिएका १८९ सहित नेपालमा संक्रमितको संख्या १ हजार ४ सय १ पुगेको छ । नेपालमा हालसम्म सबैन्दा धेरै संक्रमित थपिएका आज नै हो। शुक्रबार १७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

नेपालमा कुल संक्रमितमध्ये हालसम्म ६ जनाको मृत्यु भइसकेको छ भने संक्रमण देखिएकामध्ये २१९ जना उपचारपछि निको भइसकेका छन् । आज १३ जना डिस्चार्ज भएसँगै निको हुनेको संख्या २१९ पुगेको हो ।

 


Thali Mobile Pvt.Ltd.