भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

रुकुम हत्याकाण्ड : बेपत्ता ६ जनाकै शव भेटियो

रुकुम हत्याकाण्ड : बेपत्ता ६ जनाकै शव भेटियो

१७ जेठ २०७७, रुकुम । रुकुम पश्चिमको चौरजहारीमा भएको हत्याकाण्डमा बेपत्ता भएका ६ जना सबैको शव फेला परेको छ । यसअघि ५ जनाको शव फेला परेको थियो ।

शनिबार एक जनाको शव फेला परेसँगै बेपत्ता सबैको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी ठगबहादुर केसीले जानकारी दिए । बेपत्ता पारिएका भेरी नगरपालिका–४ का १९ वर्षीय गोविन्द शाहीको शव सुर्खेतको मेलकुनामा फेला परेको हाे ।

अब शव परीक्षण गरेर आफन्तलाई बुझाइने डिएसपी केसीले बताए । यसअघि जाजरकोटका भेरी नगरपालिका–४ का २१ वर्षीय नबराज विक, सोही ठाउँका गणेश बुढा, लोकेन्द्र शाही र चौरजहारीका टिकाराम सुनारको शव नदीमा बाँधेर फालेकाे अवस्थामा फेला परेको थियो ।

गोविन्दबाहेक अरु सबैको शव पोष्टमार्ट पछि आफन्तलाई बुझाइएको छ । जाजरकोट भेरी नगरपालिका–४ का नवराज विक प्रेम विवाहका लागि केटी लिन रूकुम पुगेका बेला साेतीमा लखेटी लखेटी कुटपीट गरेकाे उक्त घटनामा ६ जना बेपत्ता भएका थिए ।

याे घटनाकाे सत्य, तथ्य छानविन गरी अपराधीलाइ कडा कारबाही गर्न देभरबाट अावाज उठिरहेकाे छ । संसदमा समेत विराेध भएपछि गृहमन्त्रालयले छानबिन समिटि गठनगरी अनुसन्धान गर्न टाेली घटनास्थल पठाएकाे छ ।

 


Thali Mobile Pvt.Ltd.