भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

कोरोना संक्रमणबाट दैलेखमा एक जनाको मृत्यु भएसंगै नेपालमा मृतकको संख्या ७ पुग्यो

कोरोना संक्रमणबाट दैलेखमा एक जनाको मृत्यु भएसंगै नेपालमा मृतकको संख्या ७ पुग्यो

१७ जेठ २०७७, दैलेख । दुल्लु स्थित क्‍वारेन्टाइनमा मृत्यु भएका पुरुषको कोरोना संक्रमण रिर्पोट पोजेटिभ आएको छ। शनिबार बिहान ज्यान गुमाएका ती ४० वर्षीय पुरुषको स्वाव जुम्लामा परीक्षण गरिएको थियो ।

१० दिनअघि भारतबाट आएर दुल्लुस्थित क्‍वारेन्टाइनमा बस्दै आएका उनी दुल्लु नगरपालिका ११ का पुरुष हुन । कोरोना परिक्षणका लागि ३ दिन अघि स्वाब संकलन गरि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको थियो ।

गम्भीर बिरामी परेका उनलाई अस्पताल लगिएन जब सिकिस्तै भए तब जिल्ला अस्पतालका स्वास्थ्यकर्मीले क्‍वारेन्टाइनमा आएर चेकजाँच गरेका थिए । अस्पताल लगेर उपचार नगरिँदा उनले ज्यान गुमाउन पुगे ।

dailekhक्‍वारेन्टाइनमा बेहोस भएपछि त्यहीँ उनको उपचार गरियो । क्‍वारेन्टाइनमै उपचारका क्रममा शनिवार बिहान मुत्यु भएको दुल्लु अस्पतालकी प्रमुख डा.पूजा बिसीले बताइन् । दैलेखमा क्‍वारेन्टाइन व्यवस्थापनमा समस्या उत्पन्न भएको छ । धेरै क्वारेन्टाइनमा भारतबाट आएका नागरिक कोचिएर बस्नु परेको छ ।

 


Thali Mobile Pvt.Ltd.