धनगढी । कैलालीमा र्यापिड टेस्टपछि घर पठाईएकी महिलाको प्रयोगशाला परीक्षण गर्दा रिपोर्ट ‘पोजेटिभ’ आएको छ । जिल्लाको लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा बस्दै आएकी लम्कीचुहा नगरपालिका वडा नं. १ भुरुवाकी ६० वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको हो ।
लम्कीचुहा अस्पतालका अनुसार, ‘१४ दिन क्वारेन्टाईमा राखिएपछि ति महिलाको ¥यापिड टेस्ट गरिएको थियो। ¥यापिडमा रिपोर्ट नेगेटिभ आएपछि घर पठाईएको थियो। अहिले प्रयोगशालामा स्वाव परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि उनलाई अस्पताल लगिएको छ।’ लम्कीचुहा अस्पतालका प्रमुख डाक्टर प्रकाश तिमिल्सिनाका अनुसार टीकापुर अस्पतालको एम्बुलेन्स मार्फत उनलाई सेती प्रादेशिक अस्पताल लगिएकाे छ ।
सुदूरपश्चिम प्रदेशमा यसअघि चार जनामा कोरोनाको संक्रमण देखिएको थियाे । धनगढीका दुई, लम्कीका एक र कञ्चनपुरका एक जनामा संक्रमण देखिएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
झापा, १५ बैशाख । झापाको हल्दीबारी गाउँपालिका-५ त्रिवेणी चोकमा गएको राति आएको हावाहुरीले टिनको छाना भएको घर भत्किँदा ६५ वर्षीय मानबहादुर मगरको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय झापाका...
मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका थाकका पाँच गाउँ जोड्ने रिङरोडको ठिनी खोलामा धमाधम मोटरेबल पुल निर्माण भइरहेको छ । गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास...
भक्तपुर, १ जेठ । भक्तपुरको गठ्ठाघरमा अधुरो रहेको किरियापुत्री भवन निर्माण सम्पन्न गर्न आगामी जेठ ४ गतेदेखि श्रीमद्भागवत महायज्ञ हुने भएको छ। सनातन पितृमुक्ति समाज गठ्ठाघरको आयोजनामा हुने महायज्ञबाट...
म्याग्दी, १ जेठ । विगत तीन दशकयता यहाँको ऐतिहासिकस्थल ज्यामरुककोट क्षेत्रका दुई दर्जनभन्दा बढी कुवा र पँधेराहरु नासिएका छन् । तत्कालीन पर्वत राज्यअन्तर्गतको शक्तिशाली ज्यामरुककोटमा १७औँ शताब्दीमा ज्यामरुके राजा...