नयाँ वर्ष

नयाँ वर्ष
  • लेखक कुमार लघु
    नयाँ वर्षको कोलाहलमा
    संसार कोभिड १९ ले आक्रान्त छ ।
    हामी स्वयम् सर्तक रहौँ ,
    आफू बचौँ, अरूलाई सहयोग गरौँ ।।
    मानिसहरू नियममा बसौँ ,
    वदलिन्दो समयसित ,
    भिड्न अगाडि बढौँ  ।
  • तयार रहौँ,
    नयाँ वर्षलाई स्वागत छ
    नयाँ वर्षलाई उपयोग गरौँ 
    व्यापार, व्यवसायलाई जर्गेना गरौँ 
    समाजको सेवामा लाग्नु नि पर्छ
    सँस्कृति र साँस्कृतिक स्तर उठाऔं
    राजनैतिक अधिकार जर्गेना गर्नुछ 
    हाम्रो राजनैतिक स्तर सम्हाल्ने 
    देशेको,संसारको गरिवले गर्ने 
    शोषक, सामान्तको राजनीतिमा वुझौ
    सामान्तको राजनीतिसंग जोगौ 
    सामान्तको मिठो चाप्लुसि कुनीति, नीति
  • संसारको परिवर्तन गरिवले गर्ने हो ?
    हिजो नेताहरू गरिव थिए 
    आज धनी भयो
    सत्तामा टाँसियो
    गरिबको समस्या ज्यूका त्यहि नै छ 
    आज पूँजिपतिको सेवामा व्यस्त छ
    संसार वदल्न गरिबले उठ्नु पर्छ 
    कयौँ डाक्टर, शिक्षक, पत्रकार, नर्स
  • गरिब वैज्ञानिकहरू एकतामा उठ्नुपर्छ 
    त्यो सुखद् क्षणहरू एकपटक आउने छन्
    हामीले निरन्त्तर कर्ममा लाग्नै पर्छ 
    धैर्यता सबसंग हुनैपर्ने गुण
    कोभिड १९ जित्न धैर्यता
    अनेकन समस्या जित्न धैर्यता
    दूरदर्सिता र मेहनत धैर्यताको
    वाँध त्यो टुट्न दिन हुदैन
  • दिगो तपस्या मै रहऔं
    जीवन सघर्षको अग्रीम 
    मोहडामा रहन दिऊ 
    कोभिड १९ लाई परास्त गरौँ 
    जीवन संघर्षको, मेहनतको यात्रा हो
    कोभिड १९ लाई डाउन गरौं ।।

 


Thali Mobile Pvt.Ltd.