३० बैशाख २०७७ काठमाडौं । कोरोना भाइरसको संक्रमण कम हुँदै गएको भन्दै लकडाउन केही सहज बनाइएपछि दक्षिण कोरियामा फेरि संक्रमितको संख्या ह्वातै बढ्न थालेको छ ।
विशेषगरी रात्रिकालीन सेवाहरू सञ्चालन खुकुलो बनाइएपछि सो क्षेत्रबाट नयाँ संक्रमित बढेका हुन् । पछिल्लो दुई दिनमा २ जनाको मृत्यु भएको र ६२ जना नयाँ संक्रमित थपिएका छन् ।
राजधानी सियोलका रात्रिकालीन सेवा दिने विभिन्न होटल, रेष्टुरा तथा क्लबका आगन्तुकले गलत सम्पर्क नम्बर र ठेगाना टिपाउँदा सम्भावित संक्रमितको खोजीमा समेत अप्ठ्यारो भएको जनाईएको छ ।
संक्रमितको संख्या बढेपछि यसैसाता देखि विद्यालय सञ्चालन गर्ने तयारी गरेको कोरियाले तत्कालै विद्यालय सञ्चालन नगर्ने निर्णयमा पुगेको सञ्चार माध्यमहरुले जनाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
तेलंगाना । भारतीय वायुसेनाको एक ट्रेनर विमान दुर्घटना हुदाँ दुई पाइलटको मृत्यु भएको छ । भारतीय वायुसेनाले नै दुर्घटनाको जानकारी दिएको हो । भारतीय वायुसेनाका अधिकारीहरूका अनुसार बिहान ८ः५५...
एजेन्सी । गाजामा मृत्यु हुनेको संख्या १६ हजार नजिक पुगेको हमासद्वारा संचालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।इजरायली आक्रमणमा परी अहिलेसम्म थप ३ सय ४९ जनाको मृत्यु भएको जनाएको हो...
काठमाण्डौ । युक्रेनमा एक लाख ७० हजार सैनिक बढाउन रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सेनालाई निर्देशन दिएका छन् । पुटिनको आदेश तत्काल लागू भएको रुसी सञ्चारमाध्यमले जनाएका छन् । युक्रेनमाथि...
एजेन्सी । इजरायलले गाजापट्टीमा आक्रमण तीब्र पारेको छ । हमास र इजरायलबीच युद्धबिराम सकिएलगत्तै गाजापट्टीको खान युनिस शहरमा इजरायली सेनाले भीषण बमबारी गरेको हो । दुई दिनको आक्रमणमा कम्तिमा...