भर्खरै : Sorry, your browser does not support inline SVG.
ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती |

पास रद्ध, अब एक जिल्लाबाट अर्को जिल्लामा जान प्रतिबन्ध

पास रद्ध, अब एक जिल्लाबाट अर्को जिल्लामा जान प्रतिबन्ध

३० बैशाख २०७७ काठमाडौं । नेपालमा संक्रमितको संख्या ह्वातै बढेपछि गृहमन्त्रालयले मंगलबार एक निर्णय गर्दै जेठ १ गतेदेखि लागु हुने गरी एक जिल्लाबाट अर्को जिल्लाम जान रोक लगाएको छ ।

एकै दिन ५७ जना कोरोना भाइरस संक्रमित भेटिएपछि सरकारले एक जिल्लाबाट अर्को जिल्लामा जान यस्तो प्रतिबन्ध लगाएको हो । यसअघि जारी गरिएका सबै किसिमका पास रद्द गर्ने निर्णय गरेर कोरोना संक्रमण नियन्त्रण लिन थालिएको हो ।

गृहका सूचना अधिकारी एवम् उपचसचिव उमाकान्त अधिकारीले एक जिल्लाबाट अर्को जिल्लामा आवागमन रोक्न यसअघि जारी गरिएका ई पाससहितका सम्पूर्ण पास रद्द गरिएको बताए । गृहले एउटै जिल्लाभित्र आवतजावतका लागि पनि अनिवार्य सवारी पास चाहिने नियम लागू गर्ने निर्णय लिएको छ।

अब परिचय पत्र मात्रै देखाएर सडकमा निस्कन पाइँदैन भन्दै सरकारले सातअघि लकडाउन खुकुलो बनाउने निर्णय गरेसँगै सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग र निर्माण क्षेत्रसहितका मानिसहरुले आफू कार्यरत कार्यालयको परिचय पत्रका आधारमा सवारीसाधन चलाइरहेका थिए।

 


Thali Mobile Pvt.Ltd.