सुर्खेत । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा कार्यकर्ता र प्रहरीबीच सुर्खेतमा गोली हानाहान भएको छ । पञ्चपुरी–८ स्थित चेनेरीताल जंगलमा गोली हानाहान भएको हो ।
बुधबार विप्लव नेकपाका नेता बज्रबहादुर शाहीलाई पक्राउ गर्न गएको प्रहरी टोली र कार्यकर्ताबीच गोली हानाहान हुदा दुई राउन्ड फायर गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज पन्तले बताए ।
गोली हानाहान भएपछि विप्लव नेकपाका कार्यकर्ता पक्राउ गर्न नसकिएको पन्तले बताए । प्रहरीलाई देख्नेबित्तिकै विप्लवका कार्यकर्ताले प्रहरीलाई आक्रमण गरेको उनको जिकिर छ । जवाफी फाइरिङ गरेर प्रहरी फिर्ता भएको भन्दै विप्लव नेकपाले मंगलबार राति भेरीगंगा नगरपालिकाको एनसेल टावरमा आगजनी गरेको पन्तले जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । आर्थिक शोषणविरूद्ध मिटरव्याज पीडितहरूले जनजागरण अभियान सञ्चालन गर्ने भएका छन् । मिटरव्याजविरूद्ध किसान मजदुर आन्दोलन नेपालले शुक्रवार जनकपुरधाममा एक पत्रकार सम्मेलन गरी अभियान शुरुवात गर्ने घोषणा गरेका...
काठमाडौं । शीतलहरका कारण कोशी र मधेश प्रदेशमा जनजीवन प्रभावित बनेको छ । शीतलहर तुषारोको कारण जनजीवन प्रभावित भएको हो । पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले शीतलहर चलेको मौसम...
तनहुँ । तनहुँको व्यास नगरपालिकाका चार वटा वडा जोड्ने सडकको काम सुस्त भएको छ । गएको जेठदेखि शुरू भएको सडकको स्तरोन्नतिको काम सुस्त भएपछि गति बढाउन व्यास नगरपालिकाले सम्बन्धित...
काभ्रे । काभ्रेमा आगलागी हुँदा एक महिलाको ज्यान गएको छ । काभ्रेको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङमा आगलागीमा एक महिलाको ज्यान गएको हो । आगो पाँच वटा दमकलको सहायतामा सेना, प्रहरी,...