भर्खरै : Sorry, your browser does not support inline SVG.
दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब | स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित वीरगन्जबाट चार जना पक्राउ | पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ | बाढी–पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध, वीपी र कान्ति लोकपथमा राति सवारी रोक | म्याग्दीमा पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पुरियो, एक सुरक्षा गार्ड बेपत्ता | बढ्यो अण्डाको भाउ, एक्सएल अण्डा प्रतिक्रेट ५६० रुपैयाँ | कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु | गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ |

विप्लव नेकपा र प्रहरीबीच गोली हानाहान

विप्लव नेकपा र प्रहरीबीच गोली हानाहान

सुर्खेत । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा कार्यकर्ता र प्रहरीबीच सुर्खेतमा गोली हानाहान भएको छ । पञ्चपुरी–८ स्थित चेनेरीताल जंगलमा गोली हानाहान भएको हो ।

बुधबार विप्लव नेकपाका नेता बज्रबहादुर शाहीलाई पक्राउ गर्न गएको प्रहरी टोली र कार्यकर्ताबीच गोली हानाहान हुदा दुई राउन्ड फायर गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज पन्तले बताए ।

गोली हानाहान भएपछि विप्लव नेकपाका कार्यकर्ता पक्राउ गर्न नसकिएको पन्तले बताए । प्रहरीलाई देख्नेबित्तिकै विप्लवका कार्यकर्ताले प्रहरीलाई आक्रमण गरेको उनको जिकिर छ । जवाफी फाइरिङ गरेर प्रहरी फिर्ता भएको भन्दै विप्लव नेकपाले मंगलबार राति भेरीगंगा नगरपालिकाको एनसेल टावरमा आगजनी गरेको पन्तले जानकारी दिए।

 


Thali Mobile Pvt.Ltd.