२५ बैशाख २०७७ काठमाडौ । लुम्बिनी बुद्धको जन्मस्थल हो । बुद्ध दर्शनले विश्व शान्तिमा पुर्याएको योगदानको संसारभरी प्रशंसा छ । आज २५६४ औं बद्ध जयन्ती हो । यी अवसरमा नेपालका भिभिआइपीहरुले शुभकामना सन्देश जारी गरेका छन् ।
जर्मन पुरातत्वविद् एलियस फुहररले जंगलको बीचमा सन् १८९६ मा प्रस्तर स्तम्भमा कुँदिएको शिलालेख फेला पारे । ब्रम्ही लिपी र पाली भाषामा उत्कीर्ण गरिएको उक्त शिलालेखको अनुवाद भएपछि उक्त स्तम्भ रहेको लुम्बिनी नै शाक्यमुनि बुद्धको जन्मस्थल रहेको तथ्य प्रमाणित भएको सर्वविदितै छ ।
अशोक स्तम्भका शिलालेख, चिनियाँ तीर्थयात्रीहरुका यात्रा वृत्तान्त र विभिन्न पुरातात्विक उत्खनन् समेतबाट नेपालको रुपन्देही र कपिलबस्तु जिल्लामा ३० किलोमिटरको दूरीभित्र ३ वटा सम्यक सम्बुद्धहरुको जन्म भएको तथ्य प्रमाणित छ ।
नवलपरासी जिल्लामा अवस्थित रामग्रामको स्तुपा अहिलेसम्म उत्खनन् नभएको मौलिक स्तुपामा शाक्यमुनि बुद्धको अस्तुधातु संरक्षित रहेको छ । विश्व शान्तिका अग्रदूत सिद्धार्थ गौतमको २५६४ औं जन्मजयन्तिका अवसरमा सिद्धार्थ गौतमको योगदान, बुद्ध दर्शनको महत्व र यसले विश्व शान्तिमा पु¥याएको योगदानलाई मनन गरी सन् १९९९ मा यस दिनलाई संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय बैशाख दिवस (द डे आफ भेसाक) का रुपमा मनाउने घोषणा गरेको थियो।
यही दिनलाई लुम्बिनी दिवसका रुपमा पनि मनाउँदै आइएको छ । सिंगो विश्व कोरोना भाइरसको संक्रमण र महामारीबाट प्रभावित भएका कारण अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन समेत प्रभावित भएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडाैं, २६ असार ।चीनबाट नेपाल प्रवेश गर्ने लेहेन्दे खोलामा आएको बाढीले रसुवा र नुवाकोटका १० भन्दा बढी जलविद्युत आयोजनामा क्षति पुर्याएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) अनुसार...
भक्तपुर, २६ असार । भक्तपुर नगरपालिकाकाे युवा तथा खेलकुद समितिको आयोजनामा भक्तपुर नगरपालिकाअन्तर्गत विभिन्न खेलकुद प्रशिक्षणमा सहभागी भई यस वर्षको एसईई परीक्षा सफलतापूर्वक उत्तीर्ण गरेका खेलाडीहरूलाई बधाई तथा मार्गदर्शन...
काठमाडौं, २५ असार । लोकप्रिय देउडा शैलीमा आधारित नयाँ गीत “लाली पाउडर लाया जसी” सार्वजनिक भएको छ। गायक रोशन टमट्टा र गायिका संगीत बडुवालको आवाजमा सजिएको गीतले सुदूरपश्चिमको सांस्कृतिक...
काठमाडौँ, २५ असार । बुढानिलकण्ठ नगरपालिका–६ मा मिति २०८२ असार २१ गते शनिबारका दिन निःशुल्क दन्त शिविर सम्पन्न भएको छ। सेवा निवृत्त स्वास्थ्य कर्मचारी समाज नेपाल र एन्जल हेल्थ...