पर्सा । वीरगञ्जका शिवकुमार रुङ्गटालाई कोरोना भाइरसको सङ्क्रमण नभएको पुष्टि भएको छ । भारतको पटना उपचार गराइरहेका शिवकुमारको रिपोर्ट नेगेटिभ भएको अस्पतालले पुष्टि गरेको हो ।
उनका भाइ सुरेश रुङ्गटाले पनि पटनामा भएको परीक्षणमा कोभिड १९ नेगेटिभ देखिएको जानकारी दिए । आइतबार दिउँसो उहाँमा कोभिड १९ को सङ्क्रमण देखा परेको भन्ने समाचार सार्वजनिक भएपछि वीरगञ्जको जनजीवन एकाएक त्रसित भएको थियो ।
रुङ्गटा आफन्तको विवाहमा भाग लिन केही दिन अगाडि भारतको कोलकाता गएका थिए। कोलकाताबाट दिल्ली हुँदै एक हप्ता अगाडि वीरगञ्ज आएका रुङ्गटालाई ६ दिनपछि ज्वरो आएको थियो । त्यही ज्वरोको उपचारका पटना गराएका रुङ्गटालाई अस्पतालले नै सुरुमा ५० प्रतिशत कोरोना सङ्क्रमण भएको तर अन्तिम रिपोर्ट आएपछि मात्र केही भन्न सकिने भन्दै आशङ्का गरेको परिवारका सदस्यले जनाएका थिए ।
अस्पताले अन्तिम रिपोर्ट नेगेटिभ आएको बताए पछि अहिले परिवारले राहत महसुस गरेको उनका भाइले बताएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैतडी, ९ जेठ । बैतडी जिल्लाको खलङ्गा क्षेत्रलाई केन्द्रबिन्दु बनाएर शुक्रबार बिहान दुईपटक भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पहिलो भूकम्प बिहान...
काठमाडौँ, ९ जेठ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले समाजमा अहिले व्याप्त रहेको नकारात्मक सोच र विचारले समाज र देश नबन्ने बताएकी छिन् । नेपाली जनसम्पर्क समिति जापानद्वारा टोकियोमा...
भक्तपुर, जेष्ठ । सूर्यविनायक नगरपालिका वडा नं ७ मा पुष्पखेती प्रवर्द्धन कार्यक्रम अन्तर्गत सयपत्री फूलको बेर्ना वितरण कार्यक्रम सम्पन्न भएको छ। आ.व. २०८१/०८२ मा स्वीकृत योजनाअन्तर्गत सञ्चालन भएको कार्यक्रम...
भक्तपुर, ८ जेष्ठ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर नगरपालिकाद्वारा निर्माणाधीन अरनिको सभाभवन, थन्थु दरबार, र हाडा छेँ पुनःनिर्माण स्थलहरूको स्थलगत निरीक्षण...