भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णालीलाई पर्दामा उतार्ने यात्रा: अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तयारी पुरा | एक महिनामै ६१ हजारभन्दा बढी नेपाली विदेशिए रोजगारीका लागि | १९५०–५३ को युद्धमा मारिएका १२ चिनियाँ सैनिकका अवशेष चीन पठाइयो | कलङ्कीबाट स्रोत नखुलेको रकमसहित २ जना पक्राउ | साइबर अपराध बढ्दै, सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धान प्रभावित : आईजीपी कार्की | भक्तपुरको शैक्षिक गुणस्तर सुधारमा प्राध्यापकहरूको भूमिका महत्वपूर्ण : मेयर प्रजापति | सरकारी सफ्टवेयर र सूचना प्रविधि अध्ययन गर्न कार्यदल गठन | विपद् जोखिम न्यूनीकरणका लागि प्रभावकारी कार्ययोजना बनाएर अघि बढ्ने प्राधिकरण |

ट्रम्प सहयोग प्रस्तावलाई इरानले ग¥यो ठाडै अस्वीकार

ट्रम्प सहयोग प्रस्तावलाई इरानले ग¥यो ठाडै अस्वीकार

इरान । सर्वोच्च नेता अलि खामेनीले आफ्नो मुलुकले कोभिड–१९ विरूद्धको लडाईँमा अमेरिकासँग कुनै पनि सहयोग स्वीकार नगर्ने बताएका छन् ।

आइतबार इरानमा थप १ सय २९ जनाको मृत्यु भएसंगैइरानी नेताले चाहेमा अमेरिकाले कोभिड–१९ विरूद्धको लडाईँमा सहयोग गर्नसक्ने बताएका थिए । त्यसको जवाफमा सर्वोच्च नेता खामेनीले कुनै पनि सहयोग नलिने बताए ।

अमेरिकालाई कसैले विश्वास नगर्ने भन्दै खामेनीले सहयोगको नाममा ल्याउने औषधी इरानको नागरिकको पक्षमा हुनेमा बताएका छन् । इरानमा कोभिड–१९ का कारण अहिलेसम्म एक हजार ६ सय ८५ जनाको मृत्यु भैसकेको छ भने २१ हजार ६ सय ३८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

इरानले अमेरिकी सहयोगलाई अस्वीकार गर्ने दोहोराउँदै खामेनीले वासिङ्टनलाई इरानविरोधी शत्रुको आरोप लगाएका छन् । इस्लामिक गणतन्त्रमा भाइरस निर्मूलका नाममा उल्टै फैलाउन सक्ने भन्दै अमेरिकालाई आफ्नो सबैभन्दा ठूलो शत्रुका रूपमा लिएको बताएका छन् । एजेन्सी

Mohotsav


Thali Mobile Pvt.Ltd.