दैलेख । श्रीमतीको हत्या गरेको कसुरमा जिल्ला अदालत दैलेखले एकजनालाई २० वर्ष कैद फैसला सुनाएको छ। सुर्खेत लेकवेंसी नगरपालिका–८ का नवलसिंह विरकट्टालाई २० वर्ष कैद र एक लाख रुपैयाँ क्षतिपूर्तिी तिर्नुपर्ने फैसला सुनाएको हो।
२३ वर्षीया रत्ना रावतको हत्या गरेका उनलाई न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले फैसला सुनाएको अदालतका सूचना अधिकारी विनोद आचार्यले बताए। चामुण्डाबिन्द्रासैनी नगरपालिका–३ मा रहेको माइतीघर आएकी रत्नालाई गत जेठ ९ मा नवलसिंहले हत्या गरेको अनुसन्धानबाट खुलेको अदालतको फैसलामा उल्लेख गरिएको छ।
जेठ ११ गते रत्नाका दाइ पूर्णबहादुर रावतले नवलसिंहविरुद्ध किटानी जाहेरी दिएका थिए। तेही जाहेरीको आधारमा उनलाई भारतको सिमलाबाट भारतीय प्रहरीको सहयोगमा गत असार ३ मा नेपाल प्रहरीले पक्राउ गरेको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाण्डौ, ९ जेठ । बैतडीमा राति १ बजेर ४८ मिनेटमा ५.१ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पको केन्द्रविन्दु खलङ्गा आसपास रहेको बताइएको छ।मध्यरातको समयमा अचानक आएको भूकम्पको धक्का महसुस भएपछि...
बैतडी, ९ जेठ । बैतडी जिल्लाको खलङ्गा क्षेत्रलाई केन्द्रबिन्दु बनाएर शुक्रबार बिहान दुईपटक भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पहिलो भूकम्प बिहान...
काठमाडौँ, ९ जेठ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले समाजमा अहिले व्याप्त रहेको नकारात्मक सोच र विचारले समाज र देश नबन्ने बताएकी छिन् । नेपाली जनसम्पर्क समिति जापानद्वारा टोकियोमा...
भक्तपुर, जेष्ठ । सूर्यविनायक नगरपालिका वडा नं ७ मा पुष्पखेती प्रवर्द्धन कार्यक्रम अन्तर्गत सयपत्री फूलको बेर्ना वितरण कार्यक्रम सम्पन्न भएको छ। आ.व. २०८१/०८२ मा स्वीकृत योजनाअन्तर्गत सञ्चालन भएको कार्यक्रम...