सप्रमाण बोलेका छौं, लिम्पियाधुरा हाम्राे हाे, सीमारक्षा हाम्राे कुरा हाे

सप्रमाण बोलेका छौं, लिम्पियाधुरा हाम्राे हाे, सीमारक्षा हाम्राे कुरा हाे image

९ जेठ २०७७, काठमाडौं । आदिकालदेखि स्वाधीन मुलुक हो नेपाल भन्दै बरु अरुलाइ गुलामीबाट बचाएको संझना दिदै नेपाल सरकारले भारतलाई भनिरहेको छ कि नेपाली भूमि अतिक्रमण गर्न नलाग भनेर ।

यदि स्वाधीन राष्ट्रको जमिन माथि गिद्ध बनेर लुछ्न खोज्छ भने त्यसको दम्भ धेरै दिनसम्म नटिक्ने आषयको अभिव्यक्ति दिएको छ । नेपाल सरकारले यही जेठ ६ गते सङ्घीय संसद्को रोष्ट्रममा उभिएर प्रधानमन्त्री केपी शर्मा ओलीले तथ्य र सप्रमाणका आधारमा नेपालको नक्सा सार्वजनिक गरेको छ ।

सो नक्सालाई भूमिव्यवस्था मन्त्रीले सरकारी टेलिभिजनबाट प्रस्तुत गरिन् । कूटनीतिक संवादका माध्यमबाट समस्या समाधानका लागि पटकपटक आग्रह गर्दा पनि भारतले वास्ता नगरेझै व्यवहार ग¥यो ।

उपनिवेशको जहिले विरोधी राष्ट्र नेपालले १९४७ मा बेलायतबाट स्वतन्त्र भएको भारतसंग सुमधुर सम्बन्ध स्थापित गर्दै आएको छ । तर भारत भने कतिपय समस्या समाधान तर्फ लाग्नु भन्दा पनि उल्टै नेपालको भूमि अतिक्रमण गरिरहेको छ । नेपालले पटक पटक यसो नगर्न आग्रह गरिरहदा पनि भारतीय पक्षबाट सीमा क्षेत्रमा अतिक्रमण र हस्तक्षेप खेप्दै आएको छ ।

हुदा हुदा अत्ति भएर अहिले नेपाल आफ्नो सीमा रक्षाको पहलमा लागेको छ । नेपाली जनताले आफै बनाएको सरकार यतिबेला सीमा रक्षामा उभिएको छ । असंलग्न तथा पंचसीलको परराष्ट्र नीतिका आधारमा अघि बढेको नेपाल नत कसैको गुलामी ग¥यो न त गुलामको अनुभव नै लियो तर नेपाललाई यति थाह छ कि सार्वभौमसत्ता र भौगोलिक अखण्डताका लागि जुनसुकै मुल्य चुकाउन पनि पछि पर्दैन ।

भारतीय व्यवहारलाई चच्चाउन आग्रह गरिरहेको नेपाल जनताको भावना बुझ्न साम्रो संग जानेको छ । भारतसंँग सीमा जोडिएका नेपालका सुस्ता, महेशपुर, लिम्पियाधुरा, कालापानीलगायत क्षेत्रमा भारतले अतिक्रमण र बलमिच्याइँ जारी राखेको टुलुटुलु हेरेर बसिरहने अवस्था अब अन्त्य हुदैछ ।

नेपाली जनता धैर्यताका प्रतिक पनि हुन अब धैर्यताको बाँध धेरैबेर टिकिरहने बातावरण आउने सम्भावना कम रहने छ । भूमि रक्षाका निम्ति जस्तोसुकै सम्बन्ध चाहे त्यो रोटीको होस् चाहे त्यो बेटीको होस् नेपालली भूमिको रक्षाका निम्ति सबै सम्वन्ध तोड्न तयार छौं ।

विवादित विषयमा कूटनीतिक माध्यमबाट वार्ता गरी समाधान खोज्न नेपालले गरेको प्रस्तावलाई भारतले ढिलाइ गरेपछि नेपालले आफ्ना ती भूभागलाई समेटेर नयाँ नक्शा सार्वजनिक गरेको प्रति नेपाली जनता खुसी छन् ।

तर भारतीय मिडिया भने कुकुर जस्तै भूकिरहेका छन् । नेपाललाई चीनले प्रयोग गरिरहेको छ भनेर गलत हावा गफ दिइरहेका छन् । आफना गलत कर्ततको सार्वजनिकरण गरिरहेका छन् । नेपाली जनता यसमा सचेत छन् ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.