भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

‘समय बलवान छ’

‘समय बलवान छ’

आज सबैलाई घरमा राखेर आफू विश्वब्यापी रूपमा भ्रमण गरिरहेको कोरोनाले सारा विश्वका मानिसहरूमा सन्त्रास फैलाइ रहेको छ । हिजो विद्यालय छाडेर भाग्नेहरुलाइ यसले फेरि एकपटक विद्यालयमा बस्न बाध्य पारेको छ ।

यो सबै समयको खेल नै हो । हरेक १०० वर्षमा आउने यो बिपत्तिले कुनै देशलाई शक्तिशाली बनाउने र कसैलाई कमजोरी बनाउने गरेको छ । विश्वजगतको परिवर्तन होस् या सम्पूर्ण मानव जातिको जीवन सबैमा समयको खेल रहेको पाइन्छ ।

लोक कथामा एउटा कहावत छ, समयले कसैलाई पर्खैदैन । नेपाली शब्दकोष अनुसार समयको परिभाषा ना०] [स०] १ घडी, पला, दिनरात, बिन्न बलुकी, गट्टे, तिथि, भ, साटा, पक्ष, महिना, ऋतु, अयन, वर्ष, दशक, शतब्दी आदि नामहरू बुझाइएको वा परिधिनाथि गतिशील स्थिति ।२।

कुनै काम वा घटना भएको छैन र विशेष घटनाहरू आइलागेको काल वा बेला हो ।३। कुनै कामकाजको बखत; युके अन्तरिक्ष अवसर ।४। बचेको वा खाली भएको समय, फुर्सद; अवकाश ।५।कुनै स्ट्रान्समा प्रस्थान नियमहरू; प्रथा । भनेर गरेको पाइन्छ । जतिसुकै नयाँ बैज्ञानिक खोज, अनुसन्धान गरेता पनि यसले समय अनुकुल परिवर्तन गर्न बाध्य बनाउछ ।

जसले समय अनुकुल परिवर्तन हुन मान्दैन त्यो समाजमा बस्न सक्दैन । अङ्ग्रेजी मा एउटा उखान छ “time and tide waits for none one who gain time gain everything” त्यसैले आफ्नो गतिमा चलिरहने समयको माग अनुसार विश्वब्यापी रूपमा भएका परिवर्तनहरुलाई एक पटक अवस्य नियालेर हेर्नु पर्ने हुन्छ ।

चाहे त्यो बेलायतको औधोगिक क्रान्ति होस या नेपालको राणाशासनको अन्त्य देखि लोकतन्त्र, गणतन्त्र सबै समयकै खेल हुन । हामीहरुले यसलाई चिन्न नसकेको खण्डमा यसले आफै चिनाइ दिने गर्दछ । अध्ययन होस या नयाँ कार्यको थालनी सबै क्षेत्रमा यसको महत्व छुट्टै रहेको छ ।

जुन क्षेत्रमा पनि समय आवस्यक पर्दछ । समय मै कुनै पनि कार्य नगरेको खन्डमा यसले सबैलाई पछुताउने बाहेक अन्य विकल्प छैन । त्यसैले, कोरोनाको महामारीबाट बच्न पनि समय मै साबधानी अपनाउनु पर्ने हुन्छ ।

सरकार, स्थानीय चह, who को नियमलाइ पालना गर्नु पर्छ । यसबाट घरपरिवार, समाज, ब्याक्ती, देशलाई फाइदा हुन्छ । ज्यान भए जहान हुन्छ भन्ने उखानलाई मध्यनजर गर्दै समय मै साबधानी अपनाउ ज्यान जोगाउ । त्यसैले Do it today tomorrow will be late भनिन्छ ।

(लेखक महाँकाल जनजागृत मावि बूढानीलकण्ठ नगरपालिका गोल्फुटार काठमाडौंका विज्ञान शिक्षक हुन्)

 


Thali Mobile Pvt.Ltd.