भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह | रसुवा बाढी : ४६९ शव फेला, १ हजार ५४५ जनाको उद्धार | रसुवा-नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतलाई तीव्रता दिँदै बागमती सरकार | भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु |

सरकारले कोरोनाबारे सचेतना फैलाउन मुलुकैभरी ६ हजार बढी स्वयंसेवक परिचालन गर्दै

सरकारले कोरोनाबारे सचेतना फैलाउन मुलुकैभरी ६ हजार बढी स्वयंसेवक परिचालन गर्दै

काठमाडौं । सरकारले कोरोना भाइरसका बारेमा जनचेतना फैलाउन देशभर स्वास्थ्यकर्मी सहितको स्वयंसेवक परिचालन गर्ने भएको छ ।

राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा. डा. श्रीकृष्ण गिरीको संयोजकत्वमा देशभर कोरोना भाइरसका बारेमा जनचेतना फैलाउन स्वास्थ्यकर्मीसहितको स्वयंसेवक परिचालन समिति गठन गरेको हो ।

डा. गिरीको संयोजकत्वमा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल, सहसचिव डा. गुणराज लोहनी र शिक्षा मन्त्रालयका सहसचिव दीपक शर्मा गरी चार सदस्य छन् ।

हरेक वडामा हरेक दिन कम्तिमा २ देखि ५ जनाको समूह बनाई घर घरमा गएर कोरोनाको बारेमा सचेतना कार्यक्रम शुक्रबारबाट सञ्चालन गर्ने तयारी भएको डा. गिरीले जानकारी दिएका छन् ।

मेडिकल क्षेत्रका विद्यार्थी, रेडक्रस, स्काउट र पत्रकार लगायतलाई स्वयंसेवक खटाउन लागिएको उनले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.