भर्खरै : Sorry, your browser does not support inline SVG.
दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब | स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित वीरगन्जबाट चार जना पक्राउ | पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ | बाढी–पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध, वीपी र कान्ति लोकपथमा राति सवारी रोक | म्याग्दीमा पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पुरियो, एक सुरक्षा गार्ड बेपत्ता | बढ्यो अण्डाको भाउ, एक्सएल अण्डा प्रतिक्रेट ५६० रुपैयाँ | कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु | गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ |

सरकारले देशभरका क्वारेन्टाइनको स्थलगत अवलोकन गर्दै

सरकारले देशभरका क्वारेन्टाइनको स्थलगत अवलोकन गर्दै

काठमाडौं । देशभर व्यवस्थापन गरिएका क्वारेन्टाइनको मापदण्ड पुगे नपुगेकोबारे सरकारले स्थलगत अवलोकन आजबाट गर्दैछ । विदेशबाट आएका व्यक्ति र शंकास्पद अन्य व्यक्तिहरुलाई कोरोना रोगको संक्रमणबाट रोक्न नदिन सरकारले बनाएको क्वारेन्टिन व्यवस्थापन तथा सञ्चालन कार्यविधी अनुसार स्थलगत अनुगमन र आवश्यक सहजिकरण गर्न लागिएको जनाएको छ ।

काठमाडौंको पशुपति क्षेत्रमा सञ्चालिन क्वारेन्टाइनबाट अवलोकन शुरु गर्न लागिएको छ । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतलाई अनुगमन र सहजिकरणको जिम्मेवजारी दिएको छ । शुक्रबार उपत्यकाका १८ वटै नगरप्रमुख, तिन जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा नेपाली सेनाका क्वारिन्टाइन व्यवस्थापनमा खटिएका पृतनापतिसँग छलफल गरिएको थियो ।

मुलुक विपद्को घडीमा रहेकाले तत्काल गर्नुपर्ने काममा कसैको मुख ताक्न नहुने भन्दै स्थानीय सरकारले गरिरहेको काम सन्तोषजनक हुनुपर्ने जनाइएको छ । स्थानीय सरकारले कोरोना नियन्त्रणका लागि सरकारले गरिरहेको प्रयासमा साथ दिइरहेपनि कतै कतै अन्योल देखिएको भन्दै विपद्का बेला जनताको जीवन रक्षाका लागि छिटो र छरितो ढंगले काम गर्न सरकारले निर्देशन दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.