सरकारविरुद्ध बोल्नेकाे पेन्सन राेक्ने

सरकारविरुद्ध बोल्नेकाे पेन्सन राेक्ने image

काठमाडौं । सरकारी सेवामा प्रवेश गरेका निजामती कर्मचारीको उमेर ५८ वर्ष पुगेपछि स्वतः अवकाश पाउने व्यवस्थालाई परिवर्तन गरी उमेर हद ६० वर्ष हुने भएको छ । निजामती सेवा ऐन २०४९ मा रहेको व्यवस्था परिवर्तन गरेर यस्ताे गरिएकाे हाे ।

राज्य व्यवस्था समितिको बिहीबारको बसेकाे बैठकले निजमती सेवा ऐन २०४९ र स्वास्थ्य सेवा ऐन २०५३ लाई खारेज गर्नेगरी ल्याइएको संघीय निजामती कर्मचारीसम्बन्धी नयाँ विधेयकमा अवकाश उमेर ६० वर्ष राख्ने सहमति गरेको हाे । बैठकले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा अवकाश उमेरलाई टुंगो लगाएको हो।

सामाजिक सञ्जाल वा सञ्चार माध्यममार्फत सामाजिक द्वेष, हिंसा भड्किने गरी अवकाश पाएका निजामती कर्मचारीले सरकारविरुद्ध अभिव्यक्ति दिएको पुष्टि भएमा पेन्सन रोक्ने व्यवस्था विधेयकले गरेको छ। विधेयकमाथिको लामो छलफलपछि समितिको आदेशबमोजिम संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले गृहकार्य गरेर ल्याएको प्रतिवेदनमा समितिले सहमति जनाएको हो।

निजामती कर्मचारीमा मुख्यसचिवको पदावधि ३ वर्षको हुनेछ भने मन्त्रालयको सचिवको पदावधि पाँच वर्षको हुनेछ। यी दुई अधिकारीले उमेर ६० वर्ष नपुग्दै पदावधि समाप्त भएमा स्वतः अवकाश पाउने भएका छन्।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • प्रचण्डलाई माधव नेपालको विश्वासको मत image

    प्रचण्डलाई माधव नेपालको विश्वासको मत

    काठमाडौं। एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने बताएका छन् । आज पेशागत महासंघ नेपालको २९औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन...

  • गृहमन्त्रीलाई आजको संसदमा बोल्न दिने विपक्षी दलको निर्णय image

    गृहमन्त्रीलाई आजको संसदमा बोल्न दिने विपक्षी दलको निर्णय

    काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई आजको संसदमा बोल्न दिने विपक्षी दलको बैठकले निर्णय गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरुको साझा बैठकले गृहमन्त्रीको...

  • संसद् बैठकअघि प्रतिपक्षी दलसँग कांग्रेसको छलफल image

    संसद् बैठकअघि प्रतिपक्षी दलसँग कांग्रेसको छलफल

    काठमाडौंको नयाँ बानेश्वरमा विपक्षी दलहरूको बैठक बसेको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा प्रतिपक्षी दलहरूको बैठक बोलाएका छन्। बैठक केहीबेरमा बस्नेगरी संसद् भवनमा बोलाइएको हो। आइतबार बस्ने प्रतिनिधि...

  • आम्दानीको स्रोत बन्दै फोहोर image

    आम्दानीको स्रोत बन्दै फोहोर

    काठमाडौं । धनगढी उपमहानगरले वर्गीकरण गरेर फोहोर बिक्री गर्न थालेको छ । फोहोरबाट उत्पादन भएको ग्यास सिलिन्डरमा भरेर बजार पठाउने तयारी गरेको छ । पुनः प्रयोग गर्न नसकिने फोहोरका लागि मात्र...


hotelghyampedanda