भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

मुसिकोटकाे वडा न ९ मा घुम्ती सेवा हुँदै

मुसिकोटकाे वडा न ९ मा घुम्ती सेवा  हुँदै

रूकुम । मुसिकोट नगरपालिका वडा न ९ मा एकीकृत घुम्ती सेवा अभियान सन्चालन हुँदैछ । वडा समितिको बैठकले वडामा रहेका टोल टोल बस्ती बस्तीमा पुगेर आम समुदायकको घरदैलोबाटै सेवा दिने निर्णय गरेको हो।

एकीकृत घुम्ती सेवा अभियानबाट भरपुर सेवा लिन सबै वडावासीलाई वडा ले अाग्रह  गरेकाे छ।

प्रदान गरीने सेवाहरु
१. वडा कार्यालयबाट पाउने विभिन्न प्रकारका सम्पुर्ण सिफारीस तथा प्रमाणीतहरु ।
२. वडा कार्यालयमा हुने व्यक्तीगत घटना (जन्म, मृत्यु, विवाह, बसाइसराइँ, सम्बन्ध विच्छेद) दर्ता सम्बन्धी सम्पुर्ण कामहरु ।
३. सम्पती कर र मालपोत वा जग्गाको तिरो संकलन गर्ने काम ।
४. निशुल्क स्वास्थ्य चेक जाँच तथा निशुल्क औषधि वितरण ।
५. निशुल्क जीव जनावरको चेक जाच तथा औषधी वितरण (गाई भैसि बाख्रा चल्ला लगायत)
६. जेष्ठ नागरीक, विधुवा तथा एकल महीला, अपाङ्ग तथा असक्त व्यक्ति र दलित बालबालीकाले पाउने सामाजीक सुरक्षा भत्ता प्रयोजनको लागि निवेदन संकलन ।

स्थान, मिति र समय

१ मंसिर ०८ गते आइतबार कामिगाउँ टोल विकास संस्थाको हिलको विद्यालयमा बिहान १० बजे देखि ४ बजे सम्म

२ मंसिर ०९ गते सोमबार होल लिङगुर टोल विकास संस्थाको लिङगुर डाँडामा बिहान १० बजे देखि ४ बजे सम्म

३ मंसिर १० गते मंगलबार नमुना टोल विकास संस्था चौखावाङको गाउँघर क्लिनिक भवनमा बिहान १० बजे देखि ४
४ मंसिर ११ गते बुधबार स्वारा कुन्सीम्ला टोल विकास संस्थाको कुन्सीम्लामा बिहान १० बजे देखि ४ बजे सम्म
५ मंसिर १२ गते विहीबार होल्तारा अदुवारी टोल विकास संस्थाको वडा कार्यालय होल्तारामा बिहान १० बजे देखि ४ बजे सम्म

आवश्यक कागजपत्रहरु
१. विभिन्न सीफारीसको लागी नेपाली नागरीकता प्रमाण पत्र तथा फोटोकपी,
२. घर जग्गा करको (मालापोत र सम्पत्ती कर) लागी जग्गाको लालपुर्जा र आ.व.२०७५/७६ मा राजश्व/कर तिरेको रसिद
३. व्यक्तीगत घटना (जन्म, मृत्यु, विवाह, बसाइसराइँ, सम्बन्ध विच्छेद) दर्ता सम्बन्धी कामको लागि आमा, बुवा र आफ्नो नागरीकता (नागरीकता भएमा), जन्म दता (भएमार्), बिवाह दर्ताको हकमा पति र पत्नीका दुई/दुई वटा पासपोर्ट साइजका फोटाहरु, बिवाह दर्ता प्रमाणपदत्र (भएमा)
४. सामाजिक सुरक्षाको भत्ताको निवेदन दिनको लागि नागरीकता, जन्मदर्ता, मृत्यु दर्ता, सम्बन्ध विच्छेदको कागज, अपाङ्गको परीचय पत्र र २ वटा सम्बन्धित व्यक्तीका पासपोर्ट साइजका फोटाहरु आबश्यक पर्ने छ ।

साथै आ व ७६/७७ को लागि रकम बिनियोजित भएका योजना टोल बिकास सस्था मार्फत कार्यान्वयन गरिने र मङसिर १५ गते सम्म योजनाको सम्झौता गरि सक्न निर्देशन दिएकाे  वडा अध्यक्ष नवीन ओली बताए ।

 


Thali Mobile Pvt.Ltd.