११ वैशाख २०७७ काठमाडौं । काठमाडौबाट प्रशारण आरम्भ गरिएको सरोकार टेलिभिजन च्यानल दोस्रो बर्षमा प्रबेश गरेको छ । स्थापनाकाल देखि नै आवाज विहिनको आवाज बुलन्द गरिरहेको टेलिभिजन आजबाट दोस्रो वर्षमा प्रवेश गरेको हो । हिमाल, पहाड र तराईका जनजनको जनजीवन नियाल्दै आफ्नो यात्रा अगाडि बढाईरहेको छ ।
काठमाडौंको अनामनगरमा कार्यालय रहेको यस सरोकार टेलिभिजन लोकतन्त्र स्थापना भएको दिन गत बर्ष आजकै दिन शुभारम्भ भएको थियो। टेलिभिजनले समसामयिक राजनीतिक, शैक्षिक, धार्मिक तथा साँस्कृतिक एवं मनोरञ्जनका बिषयबस्तुलाई प्राथमिकताका साथ स्थान दिदैं आएको छ । दर्शकदिर्घाबाट आएका सुझावलाई हृदयगंम गर्दै अगाडि बढ्ने टेलिजिन संचालक दिलिप थापा मगरले बताएका छन् ।
राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र आमनागरिकको हितमा जिम्मेवारी ढंगले आफुलाई उभ्याउदै सञ्चार जगतमा नयाँ धारलाई स्थापित गर्दै आएको छ । छोटो समयमै आफुलाई नागरिकको रोजाईको टेलिभिजन बनाउन सफल भएकोमा गौरवको अनुभुति संगालेको यसमा कार्यरत कर्मचारीको भनाई छ । सरोकार टेलिभिजनले समाचारसंग संगै पर्यटनका क्षेत्रमा पनि महत्वपूर्ण भूमिका खेल्दै आएको छ । कार्यक्रमहरुमा सूचना, पर्यटन, विकास, धर्म, संस्कृतिलगायत सम्पूर्ण नेपाल अटाउने कार्यक्रम, जनप्रतिनिधिका नराम्रा मात्रै होइन राम्रा गतिविधिलाई पनि स्थान दिदै आएको छ ।
विकास र समृद्धिलाई उच्च प्राथमिकता दिदै नागरिकको भावना र सही सूचना सम्पेषणगरी मुलुकलाई गतिशीलतातर्फ अघि बढाउन निरन्तर अघि बढीरहेको सरोकार टेलिभिजनका प्रमुख दिलिप थापामगरले बताएका छन् । आगामी दिनहरुमा टेलिभिजनले जनताका भावनालाई अझ उचाईमा उठाउदै सुशासनका क्षेत्रमा काम गदै अघि बढ्न कैलाश खबरले सरोकार टेलिभिजनलाई शुभकामना व्यक्त गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाण्डौ, २ असार । बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले अमेरिकामा भइरहेको फिफा क्लब विश्वकपमा न्युजिल्याण्डको अकल्याण्ड सिटीलाई ऐतिहासिक १०–० को फराकिलो अन्तरले पराजित गरेको छ। यो जित क्लब विश्वकप इतिहासकै...
काठमाण्डौ, २ असार । द्वन्द्वग्रस्त इजरायल र इरानमा रहेका सबै नेपालीहरू अहिले सुरक्षित रहेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार इजरायलमा करिब ५ हजार ५ सय नेपाली र इरानमा करिब १२...
काठमाण्डौ, २ असार । देशका केही भू-भागमा मनसुनी र पश्चिमी वायुको प्रभावसँगै वर्षा भइरहेको छ भने केही स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल...
सिमकोट, २ असार । हुम्लाको सर्केगाड गाउँपालिका–३ स्थित उनापानीको औल बस्तीमा गएराति भएको भीषण आगलागीबाट आठ घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। स्थानीय वासिन्दा विर्ख रावतको घरको गोठबाट...