भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

आठबीस नगरपालिका दैलेखको छैठौं नगरसभा आजबाट सुरु

आठबीस नगरपालिका दैलेखको छैठौं नगरसभा आजबाट सुरु

राकम, २१ माघ। आठबीस नगरपालिकाको छैठौं नगरसभा आजबाट सुरु भएको छ । सभामा बोल्दै नगरप्रमुख खड्गराज उपाध्यायले विभिन्न समस्याका बावजुत पनि नगरको विकास तीब्रगतिमा अगाडि बढिरहेको बताएका छन् । नगरसभाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन नगरको मुख्य समुन्नतीको आधार रहेको भन्दै नगरप्रमुख उपाध्यायले छिटै अब नगरवासीले व्यरोजगारी समस्या झेल्न नपर्ने बताए । नगरपालिकाले विगतका वर्ष भन्दा फरक काम गरेर जनताको मनोवल उच्च राख्ने खालका योजना ल्याएको संकेत गर्दै उनले नगर समुन्नतीको बाटोमा अघि बढेको बताए ।

देशले संघियताको पहिलो अभ्यास गरेकाले केहि रुमलिए जस्तो लागे पनि अब त्यो हटेर गएको जिकिर गरे । शुरुका दिनमा जनप्रतिनिधिलाई त अन्यौल थियो भने जनसमुदायलाई अन्यौल नलाग्ने कुरै भएन भन्दै बिकासले अब फड्को मार्दै अघिबढेको बताए ।

नगरसभामा बोल्दै नगर उपप्रमुख दिपा बोहोराले हचुवाको भरमा बजेट ल्याउनु भन्दा पनि वास्तवीक जनताका समस्याप्रति केन्द्रित हुदै जनमुखी बजेटमा जाेडदिनु पर्ने । विगतमा भएका कमि कम्जोरीबाट शिक्षा लिदै आगामी दिनमा कम्जोरी नहोरिने  बताइन् ।

जनताको सरकार भएकाले बजेट पनि जनस्तरबाट ल्याउनु पर्ने तर्क सार्दै बजेटमा जनताकाे पहुँच हुनुपर्ने बताईन् । आफु मरिमेटि भएपनि सेवा प्रवाहमा कुनै कमि हुन नदिने उनको भनाई छ ।
त्यस्तै नगरसभामा प्रमुख प्रशासकीय अधिकृत युवराज न्यौपानेले आफु जनताको सेवक भएकाले सेवाप्रवाहमा कुनै समस्या आउन नदिने प्रतिवद्धता जनाए ।

सेवाग्राहीले कागजी प्रक्रिया नमिल्दा अलि समय लाग्ने भएकाले गाली गलोज गर्नु भन्दा पनि सहजता अपनाउन भन्दै सेवाप्रवाहमा कमि कम्जोरी भए गुनासो गर्न सेवाग्राहीलाई सुझाव समेत दिए । नीति, नियम र विधिको पालना सबै नागरिकले गर्नु पर्ने भन्दै न्यौपानेले जनप्रतिनिधिले अल्झनलाई सहज ढंगले बाटो खोलिदिए कुनैपनि काममा समस्या नआउने जिकिर गरे ।

नगरपालिकाको सभाहल राकम कर्णालीमा उल्यख्य सहभागिताका बीच नगरसभा उद्घाटन गरिएको नगरसभामा सवै वडाका वडाध्यक्ष, नगरकार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो ।

 


Thali Mobile Pvt.Ltd.