भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

लगानी कम श्रमदान बढीः छेपाडीमा सामुदायिक भवनको सामाजिक लेखापरिक्षण सम्पन्न

लगानी कम श्रमदान बढीः छेपाडीमा सामुदायिक भवनको सामाजिक लेखापरिक्षण सम्पन्न

छेपाडी, माघ २६ । समुदायलाई उत्तरदायी, पारदर्शी तथा समाज प्रति चासोका साथै सम्वेदनशील र जवाफदेहीबनाउदै आठबीस नगरपालिका वडा नं. ९ देलेको छेपाडीमा सामुदायिक भवनको सामाजिक लेखापरिक्षण कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक भवन व्यवस्थापन तथा सोलार खरिद योजना ०७५, ०७६ को सार्वजनिक लेखापरिण गरिएको हो ।

सस्थामा आवद्ध कार्यसमिति कर्मचारी, सामुदायिक संस्थाका प्रतिनिधि, सम्पुर्ण सरोकारवालाहरु राजनीतिक दलका प्रतिनिधि सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, बिभिन्न संचार माध्यामका प्रतिनिधिको उपस्थिति रहेको रहेको सो कार्यक्रममा बजेट कम र समुदायले लगानी धेरै गरेको जानकारी दिईएको छ ।

जम्मा ३लाख ९२ हजार ८ सय ७९ बजेटमा ४ लाख ७५ हजार खर्च भएको भन्दै सस्थाका अध्यक्षले अतिरक्त रकम समुदायको दायित्व भएकाले विकल्प खोज्नु पर्ने प्रष्ट पारे। नीति, नियम, कार्यक्रम कार्यान्वयन, व्यवहार, श्रोत परिचालन, कार्यान्वयन प्रकृया, पारदर्शिता र प्रभावकारीताबारे सम्बन्धित सेवाग्राही, सेवाप्रदायक तथा सो क्षेत्रका सरोकारवालाले सुझाव समेत दिएको सो कार्यक्रमबाट जवाफदेहीता, पारदर्शिता तथा उत्तरदायित्व बहनको विषय यो कार्यक्रमबाट सबैले सिक्नु पर्ने धारण राखेका थिए ।

शनिवार भव्यताका साथ सम्पन्न सो कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य बजिरसिंह विश्वकर्माले लोकतन्त्रमा जिम्मेवारीता र पारदर्शिताले नै जनताको सेवा गर्न हौसला दिने बताए । जनताको हितमा काम गर्न सचेत नागरिकलाई आग्रह गर्दै विश्वकर्माले मिलेनियम च्यालेन्ज कर्पोरेशनबाट अथाह घुस खाएकाहरुले नेपालको सार्वभौम सत्तामाथि धावा बोलिरहेको र राष्टघात गर्न शासकहरु उद्धत भएको बताए ।

सवै नागरिक यसबाट सचेत रहनु पर्ने भन्दै उनले ठूला राजनैतिक दलका नेतृत्वबाट जनताले पटक पटक धोका खाएको तर्क गरे । कार्यक्रममा वडा न. ९ का सचिव हेमन्त शाहीले सस्थाको पारदर्शि व्यवहारबाट समग्र नगरपालिकाले पाठ सिक्नु पर्ने बताए । त्यस्तै पशुपति मावि छेपाडीका प्र.अ. दलबहादुर सिजापतिले सामाजिक सस्थामा कार्यरत हरेक व्यक्तिले समाजप्रति जिम्मेवार रहनु पर्ने वताए ।

सार्वजनिक कार्यक्रममा नेक्राकिसंघ जिल्ला समिति दैलेखका उपाध्यक्ष रतन बहादुर कठायत, नेक्राविसंघका पार्वती कुमारी सिजापति, नेमकिपा ७ का सदस्य रण बहादुर कठायतले मन्तव्य व्यक्त गरेका थिए । सामुदायिक भवन व्यवस्थापन समितिका अध्यक्ष डा.कृपाराम विश्वकर्माले सस्थाको आय व्यय प्रस्तुत गरेको सो कार्यक्रमको सहजीकरण शिक्षक टेक बहादुर सिजापतिले गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.