भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

काेराेना : नगर र गाउँपालिकाका सबै वडामा क्वारेन्टाइन

काेराेना : नगर र गाउँपालिकाका सबै वडामा क्वारेन्टाइन

चामुण्डा । नगरपालिकाका सवै वडामा कम्तिमा २० जना क्षेमताको क्वारेन्टाइन बनाउने निर्णय चामुण्डा विन्द्रासैनी नगरपालिकाले निर्णय गरेको छ ।

१५ शैयाको चामुन्डा विन्द्रासैनी अस्पताललाई आइशोलेसन उपचार व्यवस्था गरेको नगरप्रमुख सूर्य बहादुर शाहीले बताए । बजेटिङ्गको व्यवस्थाका लागि सरसल्लाह मिलाउन लागेको भन्दै शाहीले लकडाउनको अवस्थामा आवाश्यक्ताका आधारमा घरको एक जनामात्र मास्क लगाएर बाहिर निस्कने बताए ।

नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर उच्च सतर्कता अपनाएको शाहीले जानकारी दिए । त्यस्तै आठबीस नगरपालिकाले भारतबाट आएकालाई स्कुल स्कुलमा क्वारेन्टाइनको व्यवस्था मिलाएको जनाएको छ ।

कोरोना भाइरस फैलन नदिन नियन्त्रणका लागि स्वास्थ्यकर्मीलाई अहोरात खटिन निर्देशन दिएको नगरप्रमुख खड्गराज उपाध्ययले बताए । घरबाहिर ननिस्किएर लकडाउनलाई सहयोग गर्न नगरवासीलाई आग्रह गरेको भन्दै उपाध्ययले राजनैतिक दलले पनि सहयोग गर्न सुझाव दिए ।

राकम स्वास्थ्य चौकीलाई चौविसै घण्टा उपचारका लागि तयारी अवस्थामा राखिएको बताए । सबै वडालाई सतर्क रहन आग्रह गरेर बाहिरबाट आएकालाई वडाले नै क्वारेन्टाइनमा राख्न निर्देशन दिएको बताए ।

त्यस्तै ठाटीकाँध गाउँपालिकाले पनि उच्च सर्तकता अपनाएको बताएको छ । गाउपालिकाका सवै वडाका वडाध्यक्षलाई कोरोना भाइरस फैलन नदिन जनतालाई सचेतना फैलाउन आग्रह गरिएको गाउँपालिकाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.