भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

‘एक्काइसौँ शताब्दीको सबैभन्दा ठूलो चुनौती साइबर हमला’

‘एक्काइसौँ शताब्दीको सबैभन्दा ठूलो चुनौती साइबर हमला’

११ जेष्ठ २०७७, काठमाडौं । भारतले पहिलोपटक नेपालको भू-भाग लिम्पियाधुरासहितको नक्सा गत नोभेम्बरमा सार्वजनिक गरेको थियो । त्यसबेला नेपालको विरोधको बेवास्ता गरेको उसले लिपुपलेक हुँदै चीनको कैलाश मानसरोवर जाने सडक पनि उदघाटन गरिसकेको छ ।

भारत सरकारले नेपालको भूभागमा पर्ने जमिनमा बाटो खोलेपछि नेपाललाई पनि नयाँ नक्शा सार्वजनिक गर्न दबाब बढेको थियो । सरकारले यसै साता ती तीनै भूभाग समेटेर नयाँ नकसा औपचारिक रुपमा सार्वजनिक गरिसकेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍मा अर्यालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा औपचारिक रुपमा सार्वजनिक गरि सकेकी छिन् । नेपाल र भारतबीचमा सीमा विवाद अहिले सामाजिक सञ्जालदेखि विभिन्न सञ्चारमाध्यममा छरपस्ट भइसकेको छ । नेपाली भूमिलाई आफ्नो पुष्टि गर्दै क्षुद्र गाली गर्ने तहमा भारतीय मिडिया उत्रिएका छन् ।

सीमा विवाद चलिरहेको अवस्थामा अहिले दुई देशका प्राविधिक समूहबीच नयाँ विवाद सिर्जना भएको छ । भारत र नेपालबीच सीमा विवाद चर्किरहँदा एकापसमा साइबर हमला पनि सुरु भएको छ । भारतका केही सरकारी वेबसाइटहरुमा आफूलाई नेपाली ह्याकर बताउने समूहले आक्रमण गर्न भ्याइसकेका छन् ।

अर्कातिर नेपाली वेबसाइटहरुलाई भारतीय ह्ययाकर बताउने ‘इन्डियन साइबर ट्रुप्स’ले निशाना बनाइरहेकाे छ। नेपालका केही सरकारी वेबसाइटहरू ह्याक गर्दै आएको सैतान नामको नेपाली ह्याकरको निशाना अहिले भारतीय वेबसाइटहर बनेका छन् ।

सुरुमा यो समूहले नेपाली नायिका मनीषा कोइरालाविरुद्ध भद्दा टिप्पणी गरेको भारतीय टिभी एबिपी न्यूजको साइटमा आक्रमण गरेको थियो । जसमा नेपाली ह्ययाकरको समूहले एबिपी न्यूजका कतिपय गोप्य दस्तावेजहरु लिक गरिएको छ । टवीटर ह्ययान्डलमा एबिपी न्यूजका विवरण सार्वजनिक गर्दै हेल्लो ‘एबिपी न्युज गुड’ भनेर टिप्पणी गरिएको छ ।

‘हामी रोकिएका थियौं तर, केही केटाकेटीहरुले हाम्रो साइटलाई बिगार्न थाले। हामी बसेर हेर्न सकेनौँ । यो केवल एउटा डेमोसहितको प्रदर्शनी हो,’ सैतान नामक टवीटर ह्यान्डलमा भनिएको छ । यो समूहले सबैभन्दा डरलाग्दो त भारतीय नागरिकका लाखौं आधार कार्डको विवरण पनि ह्ययाक गरेका छन्।

ह्याकरहरूको समूहले ७ करोड आधार कार्डको विवरण ह्याक गरेको दाबी गरेका छन् । उनीहरूले सार्वजनिक गरेको ‘स्याम्पल फाइल’ मा भने २१४५ जनाको आधार कार्ड विवरण छ । तर याे हल्ला चल्ने वित्तिकै सर्तक रहेकाे नेपाल प्रहरीका प्रवक्ता डीआईजी निरजबहादुर शाहीले जानकारी दिए ।

ह्ययाकर मौकाको पर्खाइमा रहेकाे भन्दै एक्काइसौँ शताब्दीको सबैभन्दा ठूलो चुनौती साइबर हमला रहेको प्रहरीकाे भनाइ छ । From Thahakhabar

 


Thali Mobile Pvt.Ltd.