भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

‘करेन्ट पैदा गर्ने अनौठो माछाले मान्छेलाई खतरा’

‘करेन्ट पैदा गर्ने अनौठो माछाले मान्छेलाई खतरा’

समुद्रभित्र भएका अनेकौं रहस्यहरुमध्ये एउटा खतराको रहस्य अमेरिका र युरोपका समुद्रहरुमा भेटिएको छ । त्यो रहस्य हो, करेन्ट पैदा गर्ने माछा। उत्तर अमेरिका तथा यूरोपका समुद्रहरुमा अधिकमात्रामा करेन्ट पैदा गर्ने माछा पाइन्छन् । ती माछाबाट पैदा हुने करेन्टले मान्छेलाई छोयो भने ठहरै रहन्छ ।

मान्छे नै मर्न सक्ने शक्तिशाली करेन्ट पैदा गर्ने माछा हो इलेक्ट्रिक इल। यो इलेक्ट्रिक इलको एउटा शक्तिशाली आघातले घोडा जस्तो जनावरलाई ६ मिटर टाढाबाटै अचेत बनाईदिन्छ। कार्प इलमा भएको यो विद्युतीय क्षमताले मान्छेलाई छुँदा मात्रै पनि ठहरै पारिदिन्छ ।

इलेक्ट्रिक इलको एक तिहाई शरीरमा पाइने कोषहरुबाट कारको ब्याट्रीले भन्दा कैयन गुणा बढी करेन्ट पैदा गर्छ । यसको मुख्य विद्युतीय अंगले ५ सय ५० भोल्टसम्म विद्युत पैदा गरेर आफ्ना शत्रुहरलाई मार्ने र अचेत पार्ने गर्छ भने यसको अर्को अंगले राडरले जस्तै काम गर्छ । आफ्नो आहारा खोज्न यहि राडारको प्रयोग गर्छ ।

इलेक्ट्रिक इल मरेपछि पनि यो माछा मान्छे तथा अन्य जन्तुहरुका लागि खतरनाक छ । किनभने, यसले आफ्नो मृत्यु भएको ९ घण्टापछिसम्म पनि विद्युतीय झड्का दिइरहन्छ । उता अफ्रिकी नदीहरुमा पाइने अर्को किसिमको विद्युतीय माछा क्याटफिसले पनि करेन्ट उत्पादन गर्छ । यो माछाले आफ्ना छेउछाउका जनावरहरुलाई आफ्नो तीव्र बिदुतीय झड्काले बेहोश बनाइदिन्छ ।

यी माछाले आफ्नो सन्तानोत्पत्तिका लागि पनि लामो यात्रा गर्छन् । अमेरिका र यूरोपमा पाइने इल माछा ताजा र स्वच्छ पानीमा बस्छ । आफ्नो प्रजनन तथा बच्चा उत्पादनको कार्य भने नूनिलो पानीमा गर्ने गर्छ । अण्डा पार्नका लागि इल माछा अट्लान्टिक महासागरदेखि ‘सारगास्सो’ नामक समुद्रसम्म पुग्छन् ।

 


Thali Mobile Pvt.Ltd.