भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

काठमाडौंबाट बाहिरिनेको चाप बढ्यो

काठमाडौंबाट बाहिरिनेको चाप बढ्यो

काठमाडौं । कोराना भाइरसको संक्रमण रोक्नका लागि सरकारले एसइइलगायतका परिक्षा स्थगित गरेसंगै उपत्यकाबाट बाहिरिनेकाे संख्या बढेकाे छ ।

गोंगबु नयाँ बसपार्कबाट उपत्यका बाहिर जाने यातायातका साधन पनि बढेको ल्होत्से बहुद्देश्यीय प्रालीका महाप्रबन्धक सुनिल कुँवरले बताए । पहिलेकाे तुलनामा दुई दिन यता यात्रुको सङ्ख्या बढेको उनको भनाई छ ।

नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, कलङ्की क्षेत्रमा यात्रुको भीड बढ्नुको कारण वार्षिक परीक्षा सकिनु रहेको प्रहरीको भनाई छ । परीक्षा सकिए पछि बिदा मनाउन उपत्यका बाहिर जाने यात्रुको चाप बढेको प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले बताए ।

अरु समयमा ८० हजारको हाराहारीमा यात्रु उपत्यका बाहिरिने गरे पनि दुई दिन यता ह्वात्तै बढेर गएको ट्राफिक प्रहरीको भनाई छ । विभिन्न नाका हुँदै १८ हजार १ सय ८० यात्रुबहाक सवारीसाधन उपत्यका भित्रिएकाे र १८ हजार ४ सय ४१ सवारी साधन बाहिरिएको रेकड काउण्टरमा छ ।

 


Thali Mobile Pvt.Ltd.