भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कानून व्यवसायीकाे धर्ना छलेर सर्वोच्च पुगे प्रधानन्यायाधीश

कानून व्यवसायीकाे धर्ना छलेर सर्वोच्च पुगे प्रधानन्यायाधीश

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले कानून व्यवसायीहरुको धर्नालाई छलेर सर्वोच्च अदालत प्रेवश गरेका छन् । जबराले विहान ११ बज्नै लाग्दा सर्वोच्च अदालतको १ नं गेट प्रयोग गरेर प्रवेश गरेका हुन् ।

नेपाल बार एशोसिएसनको अगुवाईमा विगत तीन सातादेखि कानून व्यवसायीहरु प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै गरिरहेका छन् । जबरालाई अदालत प्रबेग गर्नबाट रोक्न शुक्रबार विहानैदेखि सर्वोच्चको मूल गेटमा धर्ना कानून व्यवसायीहरुले धर्ना दिइरहेका थिए । ११ बज्न लाग्दासम्म अदालत प्रवेश गर्न नसकेका प्रधानन्यायाधीश जबराले अरु बेला बन्द रहने महान्यायाधिवक्ता कार्यालय छेउको गेट खोल्न लगाएर कानुन व्यवसायीको धर्नालाई छल्दै अदालत प्रवेश गरेका थिए । सुरक्षाकर्मीहरुले उनलाई स्कर्टिङ गरेका थिए ।

जबराको राजीनामा माग्दै सर्वोच्च अदालतका बहुमत न्यायाधीश, सर्वोच्च बार र नेपाल बार एसोसिएसनले अदालत प्रवेश गर्न नदिने भन्दै धर्ना दिएपछि प्रहरीले मुख्य गेट बन्द गरेर कानुन व्यवसायीमाथि हस्तक्षेप गरेको थियो ।
न्यायालयमा उत्पन्न समस्याले नागरिकहरुको न्याय पाउने अधिकार हनन् भई सेवाग्राही मर्कामा पर्न थालेपछि राजनीति दल र सरकारले अदालतको समस्याबारे चासो दिन थालेको छ । शुक्रबार प्रधानमन्त्री र कानुनमन्त्रीबीच छलफल जारी छ ।

 


Thali Mobile Pvt.Ltd.