भर्खरै : Sorry, your browser does not support inline SVG.
तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले सामान सार्न थाले, पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी | पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन | इरानी विदेशमन्त्री पाकिस्तानमा, अमेरिका–इरान वार्ताका लागि कूटनीतिक प्रयास तीव्र | वीरगञ्ज महानगरद्वारा भूमिहीनलाई ३० दिनभित्र सम्पर्कमा आउन आग्रह | सुखड बजारको होटलमा आगलागी, कामदारको जलेर मृत्यु | विश्वका १० देशमा तीव्र खाद्य असुरक्षा, द्वन्द्व र मल अभाव मुख्य कारण | विनाशकारी भूकम्प गएको १० वर्ष पूरा, पुनर्निर्माण र सम्झनाका बीच नेपाल | थापाथली सुकुम्बासी बस्तीमा अनधिकृत संरचना हटाउन डोजर चलाउन सुरु |

व्यावसायिक उत्पादनमार्फत आत्मनिर्भरः मन्त्री बराल

व्यावसायिक उत्पादनमार्फत आत्मनिर्भरः मन्त्री बराल

गलकोट । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले व्यावसायिक उत्पादनमार्फत मात्रै आत्मनिर्भर बन्न सकिने बताए । बागलुङको ताराखोला गाउँपालिकाले आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले आर्थिक समृद्धिका लागि तीन तहको सरकारले उत्पादनमुखी अर्थतन्त्रको अवधारण ल्याउनुपर्ने बताए । मन्त्री बरालले सङ्घीयताको मर्मअनुसार स्थानीय, प्रदेश र सङ्घीय सरकारबीच अझै पनि सहकार्य, समन्वय र सहअस्तित्व हुन नसक्दा धेरै योजनाहरुमा एकरुपता आउन नसकेको उल्लेख गरे ।

आत्मनिर्भर बन्नका लागि तीन तहका सरकारबीच सहकार्य, समन्वय र सहअस्तित्व प्रभावकारी ढङ्गले अगाडि बढाउनुपर्ने बताउँदै उहाँले उत्पादनलाई विशिष्टीकृत गर्नुपर्नेमा जोड दिए । माओबादी केन्द्र गण्डकी प्रदेशका सचिवालय सदस्यसमेत रहनुभएका मन्त्री बरालले ताराखोला गाउँपालिका जनयुद्धको जननी भएको बताउँदै आगामी निर्वाचनमा जनताको मन जित्ने गरी योजनाहरु सम्पन्न गर्न जनप्रतिनिधिहरुलाई आग्रह गरे । गाउँपालिकाले निर्माण हुँदै गरेको प्रशासनिक भवन, बहुउद्देश्यीय भवन, सङ्ग्रहालय लगायतका भौतिक संरचना निर्माण सम्पन्न गर्नका लागि आर्थिक अभाव हुन नदिने प्रतिवद्धता पनि उनले व्यक्त गरे ।

Mohotsav


Thali Mobile Pvt.Ltd.