भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

‘कालोबजारी रोक्न प्रहरी कठोर बन्दै’

‘कालोबजारी रोक्न प्रहरी कठोर बन्दै’

काठमाडौं । कालोबजारी रोक्न नेपाल प्रहरी कठोर बन्दै छ । ‘अपराध नियन्त्रणमा स्थानीय प्रहरी र नागरिकको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा प्रहरीले कठोर बनेर अगाडि बढ्ने बताएको हो ।

कोभिड–१९ को त्रास देखाएर व्यापारीले कालोबजारी गरेको भन्दै महानगरीय प्रहरी कार्यालय रानीपोखरीले कडा रुपमा प्रस्तुत हुने बताएको छ । विपद्का बेला सहयोगी बन्नुको सट्टा अत्यावश्यक सामग्रीलाई कृत्रिम अभाव खडा गरी कालोबजारी गर्ने व्यापारीलाइ कडा कार्वाहीको दायरामा ल्याउने प्रहरीको भनाई छ ।

एक नेपालीले अर्काे नेपालीलाई ठग्ने प्रवृत्तिको अन्त्य गरिने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले बताए । सरकारको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यलाई पूरा गर्न नेपाल प्रहरी लागिरहेको भन्दै पोखरेलले अपराधमुक्त समाज निर्माणमा स्थानीय समुदायको महत्वपूर्ण हात रहने बताए।

 


Thali Mobile Pvt.Ltd.