भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

‘कालोबजारी रोक्न प्रहरी कठोर बन्दै’

‘कालोबजारी रोक्न प्रहरी कठोर बन्दै’

काठमाडौं । कालोबजारी रोक्न नेपाल प्रहरी कठोर बन्दै छ । ‘अपराध नियन्त्रणमा स्थानीय प्रहरी र नागरिकको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा प्रहरीले कठोर बनेर अगाडि बढ्ने बताएको हो ।

कोभिड–१९ को त्रास देखाएर व्यापारीले कालोबजारी गरेको भन्दै महानगरीय प्रहरी कार्यालय रानीपोखरीले कडा रुपमा प्रस्तुत हुने बताएको छ । विपद्का बेला सहयोगी बन्नुको सट्टा अत्यावश्यक सामग्रीलाई कृत्रिम अभाव खडा गरी कालोबजारी गर्ने व्यापारीलाइ कडा कार्वाहीको दायरामा ल्याउने प्रहरीको भनाई छ ।

एक नेपालीले अर्काे नेपालीलाई ठग्ने प्रवृत्तिको अन्त्य गरिने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले बताए । सरकारको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यलाई पूरा गर्न नेपाल प्रहरी लागिरहेको भन्दै पोखरेलले अपराधमुक्त समाज निर्माणमा स्थानीय समुदायको महत्वपूर्ण हात रहने बताए।

 


Thali Mobile Pvt.Ltd.