भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

एसईई केन्द्रमा अनिवार्य ‘हेल्थ डेस्क’ राख्न निर्देशन

एसईई केन्द्रमा अनिवार्य ‘हेल्थ डेस्क’ राख्न निर्देशन

काठमाडौं । आगामी बिहीबारदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) का केन्द्रमा अनिवार्य हेल्थ डेस्क राख्न र सावधानीपूर्वक सञ्चालन गर्न निर्देशन दिईएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अपिल जारी गर्दै परीक्षा सम्वन्धि यस्तो निर्देशन दिएका हुन् । चैत्र ६ देखि १७ सम्म संचालन हुने परीक्षामा यो वर्ष देशभरका कुल ४ लाख ८२ हजार २सय १९ परीक्षार्थी सहभागी हुने छन् ।

एसइई परीक्षाका लागि १ हजार ९ सय ९५ परीक्षा केन्द्र तोकिएको छ ।मन्त्री पोखरेलले जारी गरेको अपिलमा भनिएको छ, ‘यतिबेला कोरोनाको संक्रमण रोकथाम गर्ने र एसइई परीक्षलाई मनोबैज्ञानिक एवं त्रासमुक्त वातावरणमा सम्पन्न गर्ने जिम्मेवारी पूरा गर्नुपर्ने छ ।

मन्त्री पोखरेलले मुलुकको विशेष परिस्थितिलाई ध्यानमा राखेर विद्यालयमा सांस्कृति कार्यक्रम, वार्षिक अभिभावक दिवस, नतिजा सार्वजनीकरण, प्रवेश परीक्षा वा भर्नाका नाममा भीडभाड वा आम भेला नगर्न अनुरोध गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.