भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कैलाश सिरोहिया ५ दिनदेखि अस्पतालमै

कैलाश सिरोहिया ५ दिनदेखि अस्पतालमै

काठमाडौं । नागरिकता विवादमा प्रहरीको नियन्त्रणमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया ५ दिनदेखि अस्पतालमा छन्। धनुषा जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहँदा बिरामी परेपछि उनी यही जेठ ११ गते जनकपुरस्थित काव्या अस्पतालमा भर्ना भएका थिए।

आज जेठ १५ गतेसम्म उनको उपचार जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता, डीएसपी रञ्जन अवाले जानकारी दिए। उच्च रक्तचाप, मुटुको चालमा उतारचढाव र टाउको दुखाइ बढेपछि गत शुक्रबार साँझ सुरुमा जनकपुर प्रादेशिक अस्पताल लगिएका उनलाई थप उपचारका लागि जनकपुरमै रहेको काव्या अस्पताल भर्ना गरिएको हो।

परिवारका अनुसार सिरोहियालाई पहिलेदेखि नै डायबिटिज, उच्च रक्तचापलगायत स्वास्थ्य समस्या थिए।
उनलाई थप ३ दिन हिरासतमा राख्न प्रहरीले तेस्रोपटक सोमबार जिल्ला अदालतबाट अनुमति पाएको छ।

 


Thali Mobile Pvt.Ltd.