भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

गड्डाचौकी नाकामा यात्रुको चाप बढ्याे

गड्डाचौकी नाकामा यात्रुको चाप बढ्याे

कञ्चनपुर । भारतबाट फर्कने यात्रुको पश्चिमी सीमानाका गड्डाचौकीमा भीड लागेपछि सवारीसाधन बन्द गरिएको छ ।

भारतले सवारीसाधन र नेपाली यात्रुलाई भारत प्रवेशमा रोकेको छ भने भारतबाट नेपाल प्रवेश गर्नेलाई खुल्ला गरेको छ । भारतले कोरोना भाइरस रोकथामका लागि नागरिक कफ्र्युको घोषणा गरेपछि भारतमा रहेका नेपाली स्वदेश फर्किन थालेका हुन ।

सीमानाकामा भीड लागेकाले सवारीसाधनलाई सीमा प्रवेश गर्न रोकिएको कञ्चनपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले बताए । दैनिक तीन–चार हजार बढी यात्रु भारतबाट नेपाल फर्केको उनको भनाइ छ ।

तीन दिनदेखि सीमानाकामा नेपाल फर्कने यात्रुको चाप बढेको छ भने सीमानाकामा रहेको हेल्थ डेस्कमा स्वास्थ्य जाँच गर्न निकै कठिनाइ भएको स्वास्थ्यकर्मीले बताए ।

 


Thali Mobile Pvt.Ltd.