भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवा बाढीमा ६४४ पर्यटक बेपत्ता, मृत्यु हुनेको संख्या १७७ पुग्यो | १ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज |

गाडीको ठक्करबाट भक्तपुरमा पैदल यात्रुको मृत्यु

गाडीको ठक्करबाट भक्तपुरमा पैदल यात्रुको मृत्यु

भक्तपुर । मध्यपुर थिमी नगरपालिका–५ प्राणोदय स्कुल नजिकै गाडीले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु भएको छ । दुर्घटनामा सिन्धुपाल्चोक घर भई मध्यपुर थिमी नगरपालिका–६ पुरानोठिमी बस्ने २५ वर्षे ज्योती मगरको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

पैदल हिडिरहेकी मगरलाई प्रायोदय स्कुल नजिकै बा १२ च ५६५६ नम्बरको पानी बोक्ने हात्ती गाडीले आज बिहान ठक्कर दिएको थियो । गम्भिर बनेकी मगरलाई अस्पताल लगिए पनि उपचारको क्रममा मृत्यु भएको डिएसपी रेवतीरमण पोखरेलले जानकारी दिए ।

ठक्कर दिने सवारी चालक बेलबहादुर तामाङलाई महानगरीय प्रहरी वृत्त ठिमीले नियन्त्रणमा लिएर अनुसन्धान थालिसकेको छ ।

 


Thali Mobile Pvt.Ltd.