भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

गाडीको ठक्करबाट भक्तपुरमा पैदल यात्रुको मृत्यु

गाडीको ठक्करबाट भक्तपुरमा पैदल यात्रुको मृत्यु

भक्तपुर । मध्यपुर थिमी नगरपालिका–५ प्राणोदय स्कुल नजिकै गाडीले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु भएको छ । दुर्घटनामा सिन्धुपाल्चोक घर भई मध्यपुर थिमी नगरपालिका–६ पुरानोठिमी बस्ने २५ वर्षे ज्योती मगरको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

पैदल हिडिरहेकी मगरलाई प्रायोदय स्कुल नजिकै बा १२ च ५६५६ नम्बरको पानी बोक्ने हात्ती गाडीले आज बिहान ठक्कर दिएको थियो । गम्भिर बनेकी मगरलाई अस्पताल लगिए पनि उपचारको क्रममा मृत्यु भएको डिएसपी रेवतीरमण पोखरेलले जानकारी दिए ।

ठक्कर दिने सवारी चालक बेलबहादुर तामाङलाई महानगरीय प्रहरी वृत्त ठिमीले नियन्त्रणमा लिएर अनुसन्धान थालिसकेको छ ।

 


Thali Mobile Pvt.Ltd.