भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु | विनाशकारी बाढीमा हाइड्रो इन्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु, धादिङमा २१ शव फेला | रसुवा बाढीको कहर : आठ जिल्लामा भेटियो २८९ जनाको शव | विपद्पछि एकजुट भए राजनीतिक दल, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारलाई सहयोग गर्ने प्रतिबद्धता | हिमपहिरोपछि आएको बाढीले नेपाल–चीन दुवैतर्फ ठूलो क्षति, सयौँ बेपत्ता | १६ सय विद्यार्थीको ज्यान जोगाउने १५ मिनेटको निर्णय, विद्यालय नै बगरमा परिणत | सीमाबाट ६ घण्टामा यसरी नारायणी पुग्यो बाढी |

‘ट्रम्पका कारण संयुक्त राष्ट्रसंघ चरम संकटमा’

‘ट्रम्पका कारण संयुक्त राष्ट्रसंघ चरम संकटमा’

काठमाडौं । आर्थिक संकटले संयुक्त राष्ट्रसंघमा संकटमा पुगेको छ। अमेरिकाले सहयोग नगरेपछि राष्ट्रसंघ आर्थिक संकटमा परेको हो। अमेरिकाले सहयोग नगरेपछि अन्य कतिपय मुलुकले पनि सहयोग कटौती गरेका छन्। यस विषयमा भन्दा विश्वको ध्यान अहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पेस भएको महाअभियोगतर्फ केन्द्रित देखिएको छ।

सदस्य राष्ट्रहरूलाई दबाबमा राख्नका लागि अमेरिकाले जानाजान आर्थिक सहयोग रोक्का गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। त्यसको मुख्य कारण ट्रम्पको राष्ट्रसंघप्रतिको नकारात्मक दृष्टिकोण रहेको संचारमाध्यमको टिप्पणी छ।

राष्ट्रसंघीय मुख्यालयले मातहतका निकायलाई अनावश्यक यात्रा, बैठक, सभासम्मेलन नगर्न र मीतव्ययी बन्न पुनः पत्राचार गरेको छ। पछिल्लो पत्रमा पनि राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले राष्ट्रसंघले सबैभन्दा चर्को आर्थिक संकट व्यहोरिरहेको बताएका छन्।

७४ औं महासभा सुरु हुनुअघि राष्ट्रसंघले मातहतका निकायलाई मितव्ययी बन्न पत्राचार गरेको थियो। एक सय ९३ मुलुकको साझा अन्तर्राष्ट्रिय संस्था राष्ट्रसंघ झन्डै चार महिनादेखि आर्थिक संकटमा छ। ट्रम्पले राष्ट्रसंघमा अन्य मुलुकको पनि उत्तिकै हिस्सा रहनुपर्छ भन्दै आएका छन्। अमेरिकाले नियमित सदस्यता शुल्क पनि बुझाएको छैन।

 


Thali Mobile Pvt.Ltd.