भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

त्रिपालमा बास, जङ्गली जनावरको डरत्रासमा बालबालिका

त्रिपालमा बास, जङ्गली जनावरको डरत्रासमा बालबालिका

२३ साउन २०७७ जाजरकोट । पहिरोले विस्थापित भएका बारेकोट गाउँपालिका–४, ५ र ६ का पीडित जंगलभित्र त्रिपालमा सुत्न बाध्य छन् ।

जङ्गलभित्र त्रिपाल टाँगेर बसिरहेका उनीहरु वर्षातको झरीले सास्ती त दिएको छनै, गतिलो बास र खाने अन्न नभएपछि हैरानी खेप्न परेको छ । महिना दिन वितिसक्दा पनि राज्यको तर्फबाट कुनै व्यवस्थापन नहुँदा यहाँ बस्ने जोकाहिको समस्या जटिल बन्दै गएको छ ।

एउटै त्रिपालभित्र १२ जनाको परिवार बस्दा व्यवस्थापनमा समस्या भएको दुर्गा सार्कीले बताइन् । गत असार २५ गते आएको पहिरोले १२ जनाको अकालमा मृत्यु भएको थियो भने टोलका विस्थापित भएका थिए । पानी पर्नेबित्तिकै त्रिपालभित्र बस्न कठिन हुँदा यहाँका एक हजारभन्दा बढी सर्वसाधाण त्रासमा बाँचेका छन् ।

सार्कीटोलका ३२ जनाको परिवार विस्थापित भएका छन् । जङ्गलभरि त्रिपाल राखेका कारण दिनमा काम जाँदा साना–साना बालबालिकालाई जङ्गली जनावर आएर मरिदिने डर र त्रास भएको पीडित बताउछन् । राहतस्वरुप दिएको प्रतिव्यक्ति दुई किलो चामल उहिल्यै सकिएको र अहिले खानेकुराको समस्याले सताईरहेको उनीहरुको भनाई छ ।

 


Thali Mobile Pvt.Ltd.