भर्खरै : Sorry, your browser does not support inline SVG.
चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना | पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह |

त्रिपालमा बास, जङ्गली जनावरको डरत्रासमा बालबालिका

त्रिपालमा बास, जङ्गली जनावरको डरत्रासमा बालबालिका

२३ साउन २०७७ जाजरकोट । पहिरोले विस्थापित भएका बारेकोट गाउँपालिका–४, ५ र ६ का पीडित जंगलभित्र त्रिपालमा सुत्न बाध्य छन् ।

जङ्गलभित्र त्रिपाल टाँगेर बसिरहेका उनीहरु वर्षातको झरीले सास्ती त दिएको छनै, गतिलो बास र खाने अन्न नभएपछि हैरानी खेप्न परेको छ । महिना दिन वितिसक्दा पनि राज्यको तर्फबाट कुनै व्यवस्थापन नहुँदा यहाँ बस्ने जोकाहिको समस्या जटिल बन्दै गएको छ ।

एउटै त्रिपालभित्र १२ जनाको परिवार बस्दा व्यवस्थापनमा समस्या भएको दुर्गा सार्कीले बताइन् । गत असार २५ गते आएको पहिरोले १२ जनाको अकालमा मृत्यु भएको थियो भने टोलका विस्थापित भएका थिए । पानी पर्नेबित्तिकै त्रिपालभित्र बस्न कठिन हुँदा यहाँका एक हजारभन्दा बढी सर्वसाधाण त्रासमा बाँचेका छन् ।

सार्कीटोलका ३२ जनाको परिवार विस्थापित भएका छन् । जङ्गलभरि त्रिपाल राखेका कारण दिनमा काम जाँदा साना–साना बालबालिकालाई जङ्गली जनावर आएर मरिदिने डर र त्रास भएको पीडित बताउछन् । राहतस्वरुप दिएको प्रतिव्यक्ति दुई किलो चामल उहिल्यै सकिएको र अहिले खानेकुराको समस्याले सताईरहेको उनीहरुको भनाई छ ।

 


Thali Mobile Pvt.Ltd.