जनप्रतिनिधि र कर्मचारीहरुको काममा बिचौलियालाई खेल्ने अवसर दिनुहुन्न : मेयर प्रजापति

जनप्रतिनिधि र कर्मचारीहरुको काममा बिचौलियालाई खेल्ने अवसर दिनुहुन्न : मेयर प्रजापति

२३ साउन २०७७ भक्तपुर । नगरपालिकाले हरेक काममा मितव्ययिता अपनाउनुपर्ने भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले बताएका छन् ।

बिहीबार सम्पन्न आर्थिक वर्ष २०७७÷७८ को लागि निर्धारित मालपोत कर र घर—जग्गाको दररेटसम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्नुहुँदै प्रमुख प्रजापतिले कर्मचारीहरुको व्यवहारले जनतालाई खुशी बनाउनुपर्ने भन्दै जनप्रतिनिधि र कर्मचारीहरुको कामहरुबाट बिचौलियालाई खेल्ने अवसर दिनु नहुने बताए ।

मालपोत कार्यालयमा आर्थिक अनियमितता भए सिंगो जिल्लाकै बद्नाम हुनेतर्फ सजग रहनुपर्ने भन्दै उनले कोभिड १९ संक्रमणको जोखिमका कारण भक्तपुर नगरपालिकाको आम्दानीमासमेत कमी आएको जानकारी दिए । भक्तपुर नगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा भूमिसुधार तथा मातपोत कार्यालय भक्तपुरका नायब सुब्बा कुलबहादुर बस्नेतले नगरपालिका र मालपोत कार्यालयबीचको आपसी समन्वयले काम गर्न सहज हुने धारणा राखे ।

BKt उनले भक्तपुरको जग्गाको न्यूनतम् मूल्यांकनबारे केही अस्पष्ट भएका विषयहरुमा स्पष्ट पारे । कार्यक्रममा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले आफ्नो धारणा राखेका थिए । उक्त अभिमुखीकरण कार्यक्रममा कार्यक्रममा भक्तपुर नगरपालिका उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष, वडा सचिव, कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।

 


Thali Mobile Pvt.Ltd.