भर्खरै : Sorry, your browser does not support inline SVG.
जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका कैदी बैतडीबाट पक्राउ | संसदीय मर्यादा उल्लंघन गरेको आरोप लगाउँदै हर्क साम्पाङद्वारा प्रधानमन्त्रीको राजीनामा माग | ट्रम्प–सी भेटवार्तामा व्यापार सम्झौतामा जुटेन ठोस सहमति | होल्डिङ सेन्टरमा १९ दिन बित्दा पनि अन्योलमा सुकुमवासी, स्क्रिनिङमै अलमलियो सरकार | बालेन सरकारले राष्ट्रिय अनुसन्धान विभाग फेरि प्रधानमन्त्री कार्यालय मातहत ल्यायो | सरकारसमक्ष ६ बुँदे सर्त अघि सार्दै जेनजीले बहिष्कार गरे संविधान संशोधन कार्यदलले बोलाएको छलफल | भारतले किन लगायो चिनी निर्यातमा प्रतिबन्ध ? | उत्तर प्रदेशमा शक्तिशाली आँधी, ५६ जनाको मृत्यु |

जबर्जस्ती कक्षा सन्चालन किन ?

जबर्जस्ती कक्षा सन्चालन किन ?

१२ साउन २०७७ । कोरोनाको इपिसेन्टर प्रदेश नम्बर १ बनेको भन्दै कचनकवल गाउँपालिकाले केही निजी विद्यालयले जबरजस्त कक्षा सञ्चालन गरेको बन्द गर्न आग्रह गरेको छ ।

सामुदायिक तथा संस्थागत विद्यालयले वैकिल्पक सिकाइ सहजीकरण गर्नुपर्नेमा विद्यालय नै खोलेर कक्षा सञ्चालन गरेकोले तुरुन्त बन्द गर्न अनुरोध गरेको हो । लकडाउन खुले पनि कोडिभ–१९ को जोखिम झन बढेर गइरहेकोले विद्यालय खोली पठनपाठन गर्न नहुने गाउँपालिका अध्यक्ष अञ्जार आलमले बताए ।

गाउँपालिकाको शिक्षा शाखाले केही दिन अघि गरेको अनुगमनका क्रममा वडा नम्बर २ र वडा नम्बर ७ मा रहेका निजी विद्यालयले कक्षा कोठाभरि विद्यार्थी राखेर पठनपाठन गरिरहेको पाएपछि बन्द गराएको थियो । कचनकवल गाउँपालिकाका मात्र १३५ जना कोरोना सङ्क्रमित थिए । जसमध्ये १३४ जना निको भएर घर फर्किएका छन् ।

 


Thali Mobile Pvt.Ltd.