२७ साउन २०७७ काठमाडौं । नेपालमा थप ६३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रवक्ता डा जागेश्वर गौतमका अनुसारनेपालमा कोरोना संक्रमित हुनेको संख्या २३ हजार ९४८ पुगेको छ ।
उपत्यकामा १३४ जना कोरोना
काठमाडौं उपत्यकामा १३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमित हुनेको संख्या १३१४ पुगेको छ। मंगलबार काठमाडौंमा ११०, ललितपुरमा १६ र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण भेटिएको छ ।
भिडियाे…
https://www.facebook.com/Kailashkhabarnews/videos/2718397981737498/
बिपी प्रतिष्ठान धरानको ओपिडी सेवा बन्द
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले अनिश्चितकालका लागि ओपिडि सेवा बन्द गरेको छ।प्रतिष्ठानले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि ओपिडी सेवा पूर्ण रुपमा बन्द गरेको जनाएको हो । कोरोना संक्रमण फैलिरहेकोले ७ दिनका लागि सम्पूर्ण सेवा बन्द गरेको प्रतिष्ठानले जनाएको छ ।
भेरी अस्पतालको परीक्षणमा ५९ जनालाई कोरोना संक्रमण भेरी अस्पताल प्रयोगशाला नेपालन्जमा गरिएको नमुना परीक्षणमा ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।अस्पतालका अनुसार गत २४ घण्टामा गरिएको ४८० जनाको परीक्षणमा बाँकेका २६, नेपाली सेनाको फिल्ड एम्बुलेन्सबाट संकलित नमुनामध्ये २८ जना, दाङकै अन्य ३ जना र अछामका १ जनामा कोरोना संक्रमण देखिएको हो।भेरी अस्पतालमा गरिएको २५ सय ८० नमुनामध्ये हालसम्म एक हजार एक सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।
अस्पतालमै किशोरको बिचल्ली
अप्रेसन गर्ने पैसा नहुँदा १५ वर्षीय एक किशोर जिल्ला अस्पताल प्युठानको इमरजेन्सी वार्डमा अलपत्र परेका छन्। मल्लरानी गाउँपालिका १, अरबाङ निवासी शंकर परियार आर्थिक अभावका कारण उपचार गर्न नसकेर बेडमै लडिरहेका छन् । दुई महिना अगाडि पेट दुखेर वान्ता भएपछि उनलाई जिल्ला अस्पताल बिजुवार ल्याइएको थियो । जिल्ला अस्पताल प्युठानका एमडिजिपी डा सुनिल सुनारले उनको स्वास्थ्य परीक्षण गरेका थिए। आमासयको एक प्रकारको संक्रमण हो। अप्रेसन गर्नुपर्ने भएपछि जिल्ला अस्पताल प्युठानका चिकित्सकले शंकरलाई बाहिर जान सुझाव दिएका छन्।
