पर्यटकीय गतिविधि ठप्प हुँदा खुम्चियो बजेट

पर्यटकीय गतिविधि ठप्प हुँदा खुम्चियो बजेट

२७ साउन २०७७ काठमाडाैं । कोरोना महामारीका कारण पर्यटकीय गतिविधि ठप्प छ । स्रोतको अभावले नेपाल पर्यटन बोर्डको यसपालीको बजेट खुम्चिएको छ ।

वार्षिक रुपमा झण्डै दुई अर्ब बजेट विनियोजन गर्ने बोर्डले चालू आर्थिक वर्ष २०७/७८ का लागि ८२ करोडको बजेट विनियोजन गरेको छ । बोर्डको सोमबारको सञ्चालक समिति बैठकले अध्ययन/अनुसन्धान, ‘डिजिटल मार्केटिङ’ र आन्तरिक पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राखेर चालू आवको बजेट पारित गरेको हो ।

स्रोतको अभावमा यसपटकको बजेट घट्न गएको बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा. धनञ्जय रेग्मीले बताए । नेपाल भ्रमण वर्ष २०२० प्रवद्र्धनमा केन्द्रित बोर्डको गत आवकोे बजेट एक अर्ब ६३ करोड थियो । कोभिड–१९ महामारीका कारण पर्यटक आवागमन ठप्प भई आम्दानीको स्रोतको अभावमा बोर्डको बजेटमा भारी कटौती भएको छ ।

 


Thali Mobile Pvt.Ltd.