भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बिरूवा गाउँपालिकाले विदेशबाट आउनेलाई विशेष निगरानीमा राखेर काेराेना टेष्ट गर्दै (भिडियाे कुराकानी)

बिरूवा गाउँपालिकाले विदेशबाट आउनेलाई विशेष निगरानीमा राखेर काेराेना टेष्ट गर्दै (भिडियाे कुराकानी)

स्याङ्जा । बिरूवा गाउँपालिकाले विदेशबाट आएका नागरिकलाई विशेष निगरानीकासाथ क्वारेन्टाइनमा राखेको छ । गाउँपालिकामा कोरोनाको द्रुत परीक्षण (र्‍यापिड डायग्नोस्टिक टेस्ट) समेत सुरु गरिसकेको छ ।

कोरोनाको संक्रमण फैलिएका देशहरूबाट आएकाहरूमा कोरोनाको संक्रमण हुन सक्ने भएकाले कोरोना (र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमार्फत् ‘कोभिड–१९’ को परीक्षण गरिएको  कैलाश खबरकाे विशेष कुराकानीमा प्रमुख प्रशासकीय अधिकृत कुलराज सुवेदीले बताए ।

बिरुवा गाउँपालिकामा ४४ बेडको क्वारेनटाइन रहेको र २५ जना विदेशबाट आएकाहरुको (आरडिटि) र्‍यापिड डायग्नोस्टिक टेस्टमार्फत परिक्षण गरिएको बताए । परिक्षणमा सबैको नतिजा नेगेटिभ आएको भन्दै १४ दिनसम्म क्वारेनटाईनमा त्रसित भएर बस्दै अएका उनिहरुको मुहारमा खुसियाली छाएको बताए ।

चैत २ गतेपछि भारतका विभिन्न नाका, जापान, मलेसिया, कोरिया र रोमानीयाबाट आउने सबैको र्‍यापिड डायगनोस्टिक टेस्ट गरिएको जानकारी दिदै बिरुवा गाउँपालिकामा राहतको व्यवस्था पनि गरिएको जानकारी दिए । विपन्न, भूमिहिन, मजदुरलाई विशेष प्राथमिक्तामा राखेर ३९० परिवारलाई राहत वितरण गरेको बताए ।

थप जानकारीका लागि यो भिडियो हेर्नुहोस ।

https://www.facebook.com/Kailashkhabarnews/videos/587617331838218/

 


Thali Mobile Pvt.Ltd.