भर्खरै : Sorry, your browser does not support inline SVG.
पलाँता गाउँपालिकाको सडक निर्माणमा भ्रष्टाचार आरोप, १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा | ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु | त्रिभुवन विमानस्थल आसपास खुला फोहोर थुप्रिँदा सरुवा रोग र बर्ड स्ट्राइकको उच्च जोखिम | अर्घाखाँचीमा ‘बाँदर हेरालु’का लागि दरखास्त खुल्यो, मासिक १२ हजार ५०० रुपैयाँ तलब | स्ट्रेट अफ होर्मुजमा आक्रमण भए इरानका पूर्वाधार ध्वस्त पार्ने ट्रम्पको चेतावनी | फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच अभियान, गाँजा सेवन गरेका ३ डुङ्गा चालक पक्राउ | बिलबिजक नराख्ने खाद्य स्टोरलाई ५ हजार रुपैयाँ जरिवाना | पहाडी क्षेत्रका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह |

बिरूवा गाउँपालिकाले विदेशबाट आउनेलाई विशेष निगरानीमा राखेर काेराेना टेष्ट गर्दै (भिडियाे कुराकानी)

बिरूवा गाउँपालिकाले विदेशबाट आउनेलाई विशेष निगरानीमा राखेर काेराेना टेष्ट गर्दै (भिडियाे कुराकानी)

स्याङ्जा । बिरूवा गाउँपालिकाले विदेशबाट आएका नागरिकलाई विशेष निगरानीकासाथ क्वारेन्टाइनमा राखेको छ । गाउँपालिकामा कोरोनाको द्रुत परीक्षण (र्‍यापिड डायग्नोस्टिक टेस्ट) समेत सुरु गरिसकेको छ ।

कोरोनाको संक्रमण फैलिएका देशहरूबाट आएकाहरूमा कोरोनाको संक्रमण हुन सक्ने भएकाले कोरोना (र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमार्फत् ‘कोभिड–१९’ को परीक्षण गरिएको  कैलाश खबरकाे विशेष कुराकानीमा प्रमुख प्रशासकीय अधिकृत कुलराज सुवेदीले बताए ।

बिरुवा गाउँपालिकामा ४४ बेडको क्वारेनटाइन रहेको र २५ जना विदेशबाट आएकाहरुको (आरडिटि) र्‍यापिड डायग्नोस्टिक टेस्टमार्फत परिक्षण गरिएको बताए । परिक्षणमा सबैको नतिजा नेगेटिभ आएको भन्दै १४ दिनसम्म क्वारेनटाईनमा त्रसित भएर बस्दै अएका उनिहरुको मुहारमा खुसियाली छाएको बताए ।

चैत २ गतेपछि भारतका विभिन्न नाका, जापान, मलेसिया, कोरिया र रोमानीयाबाट आउने सबैको र्‍यापिड डायगनोस्टिक टेस्ट गरिएको जानकारी दिदै बिरुवा गाउँपालिकामा राहतको व्यवस्था पनि गरिएको जानकारी दिए । विपन्न, भूमिहिन, मजदुरलाई विशेष प्राथमिक्तामा राखेर ३९० परिवारलाई राहत वितरण गरेको बताए ।

थप जानकारीका लागि यो भिडियो हेर्नुहोस ।

https://www.facebook.com/Kailashkhabarnews/videos/587617331838218/

 


Thali Mobile Pvt.Ltd.