भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि | जनकपुरबाट काठमाडौँसम्म ‘न्याय मार्च’मा मिटरब्याज पीडित, सरकारसँग यस्ता छन् ८ प्रमुख माग |

नेपाली अब कतार जान नपाउने, कामदार र भिजिट भिसा रोकियो

नेपाली अब कतार जान नपाउने, कामदार र भिजिट भिसा रोकियो

काठमाडौं । नेपाली अब कतार जान नपाउने भएका छन् । कतारले नेपाल सहित १४ देशका नागरिकलाई अस्थायी प्रतिबन्ध लगाउदा नेपाली कतार जान नपाउने भएका हुन् ।

नेपाल, बंगलादेश, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनन, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलङ्का, सिरिया र थाइल्याण्डका नागरिकलाई सोमबारदेखि लागू हुने गरी प्रतिबन्ध लगाइएको हो । कोरोनाभाइरस (कोभिड–१९) लाई फैलन नदिनका लागि कतार एयरवेजले इटालीमा र इटालीबाट आउने उडान रद्द गरिसकेको जनाएको छ ।

कतारको सरकारी निकाय जिसिओले आइतबार जारी गरेको वक्तव्यमा कोरोनाभाइरसलाई फैलन नदिन कतारले यस्तो निर्णय गरेको हो । कामदार र पर्यटक दुबै भिसा पनि रद्ध भएका छन् । कतारले आफ्ना नागरिकलाई अत्यावश्यक बाहेक कतै यात्रा गर्न निर्देशन दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.