भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पाकिस्तानलाई हराउँदै अस्ट्रेलिया फाइनलमा

पाकिस्तानलाई हराउँदै अस्ट्रेलिया फाइनलमा

काठमाडौं । अस्ट्रेलियाले पाकिस्तानलाई ५ विकेटले हराउँदै टी २० विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । माथियु वाडेले १७ बलमा ४१ रन बनाउँदै अस्ट्रेलियालाई फाइनलको यात्रा तय गराएका हुन् । लगातार तीन छक्का प्रहार गरेपछि अन्तिम ओभर बाँकी छँदै अस्ट्रेलियाले खेल आफ्नो पक्षमा पार्न सफल भएको हो ।

यसअघि पाकिस्तानले खेल जित्नका लागि १ सय ७७ रनको चुनौती दिएको थियो । पाकिस्तानबाट मोहम्मद रिजवानले ६७, बाबर आजमले ३९ र फकर जमानले अविजित ५५ रन बनाएका थिए । यस्तै अस्ट्रेलियाका मिसेल स्टार्सले २ तथा प्याट कुमिन्स र एडम जाम्पाले १ विकेट लिए ।

जवाफी ब्याटिङ थालेको अस्ट्रेलियाले कप्तान आरोन फिन्चलाई शुन्यमै गुमाएको थियो । डेभिड वार्नरले ४९ रनको पारी खेलेपनि १०.१ ओभरमा सदाब खानको बलमा मोहम्मद रिजवानले उनलाई क्याचआउट गरेका थिए । दबाबमा रहेको अस्ट्रेलियाले १२.२ ओभरमा आफ्नो ५ विकेट गुमाइसकेको थियो ।

पाकिस्तानबाट सदाब खानले ४ र साहिन शाह अफ्रिदीले १ विकेट लिए । फाइनलमा अस्ट्रेलियाले न्युजिल्यान्डको सामना गर्नेछ भने इङल्यान्डलाई हराएर न्युजिल्यान्डले फाइनल यात्रा तय गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.